नेपाली काँग्रेस गैंडाकोट ५ को प्रश्न ःनगरवासी हप्तादिनदेखि वाढीमा डुब्दा नगरपालिका मुकदर्शक किन ?

0

गैंडाकोट, २८ भदौ । हप्तादिन वित्दासमेत नगरवासी डुवामा परेर समस्यामा रहदा नगरपालिका मुक दर्शक मात्रै वनेको भन्दै नेपाली काँग्रेस वडा कार्यसमिति गैंडाकोट ५ ले तत्काल डुवान हटाउन माग गरेको छ । सभापति गोविन्द घिमिरेद्धारा हस्ताक्षर गरी आज जारी विज्ञप्तीमा भनिएको छ,“राजमार्गको दक्षिणतर्फ यो किसीमको डुवान नौलो घटनानै हो । विगत १५/२० वर्षयता यो समस्या आएको छ । हप्तौसम्म पानी ताल परेर रहेका कारण पक्की संरचना कमजोर हुँदै गएका छन् । कच्ची संरचना भत्कने क्रममा छन् । जटिल समस्या आइपर्दा वडा कार्यालय र सिङ्गो नगरपालिका मुकदर्शक भएर नागरिकका जटिल समस्यालाई वेवास्ता गरि वसिरहेको छ । ”

गैंडाकोट ५ र ४ का राजमार्ग सँग जोडिएका तथा अन्य विभिन्न स्थान डुवानमा परेको भन्दै नागरिकलाई जीवनयापन गर्न समस्या भएको विज्ञप्तीमा जनाइएको छ ।

वाढी वसेर लामो समय निकास नहुँदा वालिनाली मर्न लागेको, घरवाट वाहिर सहज हिँडडुलमा समस्या भएको, पानीकै कारण घरमा विद्युत प्रवाह समेत हुन नपाएको, पशु चौपाय मर्ने अवस्थामा पुग्न लागेको भन्दै यस्तो अवस्था हुँदा सम्म निकासको काम नगरिएको विज्ञप्तीमा जनाइएको छ ।

यस्तो कठीन अवस्थामा रहेका नगरवासीको पीडा वुझ्न, संरचनाहरु भत्किनबाट जोगाउन, फोहोर पानी जमेका कारण हुन सक्ने सरुवा रोग फैलन नदिन तत्काल डुवान हटाउन वडा र नगरपालिका सक्रिय भई लाग्न विज्ञप्तीमार्फत जोडदार माग गरिएको छ ।

 

अन्यथा जुनसुकै क्षती पनि वडा कार्यालय र नगरपालिकाले व्यहोर्नुपर्ने सभापति गोविन्द घिमिरेद्धारा हस्ताक्षर गरी जारि गरिसएको विज्ञप्तीमा भनिएको छ।

Share.

Leave A Reply