आफ्नै पालिकामा १५ बेडको आइसोलेसन कक्ष गराउने गैंडाकोट नगरपालिकाको निर्णय, आजबाटै काम सुरु

0

डोलराज रानाभाट, गैंडाकोट, २८ भदौ । गैंडाकोट नगरपालिकाले १५ वेडको आइसोलेसन तयार गर्ने निर्णय गरेको छ । नगरप्रमुख छत्रराज पौडेलका अनुसार अवबाट लक्षण नभएका संक्रमितलाई घरमानै आइसोलेट गरिने भएको छ । यसका साथै घरमा उचित स्थानको अभाव साथै केही लक्षण देखिएका संक्रमितलाई राख्न मिल्ने गरी नगरपालिकाले व्यवस्थित आइसोलेसन तयार पार्ने निर्णय गरेको छ । आइसोलेसन निर्माणको काम आजै बाट सुरु भएको नगरप्रमुख पौडेलले विजय एफएमलाई जानकारी दिनुभयो । नवलपुर जिल्लाका ८ वटा स्थानीय तहमध्ये आफ्नै क्षेत्रमा आइसोलेसन तयार पार्ने गैंडाकोट पहिलो बन्नेछ ।

नगरप्रमुख पौडेलका अनुसार जिल्लाको एक मात्रै अस्थायी कोभिड अस्पताल रजहर प्राकृतिक चिकित्सालयमा संक्रमितहरुको संख्या वढिरहदा राख्ने ठाउँको अभाव भएको जानकारी आएको बताउनुभयो । त्यसपछि नगरपालिका आफैले प्रस्तावित गैंडाकोट नगर अस्पतालमा १५ वेडको आइसोलेसन बनाएर संचालनमा ल्याउने तयारी गरिएको हो । आज विहानै बैठक वसी अक्सिजन सहितको सुविधा हुने गरी वेड तयार पार्ने निर्णय भएको नगरप्रमुख पौडेलको भनाई छ ।

प्रस्तावित गैंडाकोट नगरअस्पतालका प्रमुख डा रमेश आचार्यले स्वास्थ्य मन्त्रालयको मापदण्ड पालना गरी वेड तयार पारिने र २ देखि ४ दिनभित्र तयार हुने जानकारी दिनुभयो । २ मिटरको दुरीमा वेड राख्ने, खानाका लागि छुट्टै भान्सेको व्यवस्थापन गरिने, पmोहोर मैलाको छुट्टै व्यवस्था गरिने गरी निर्देशीकाको पूर्ण पालना सहित वेड तयार पारिने बताउनुभयो । साथै अक्सिजन सिलिण्डरको व्यवस्था, सास फेर्न गाह्रो भए नभएको, रगतको अक्सिजनको मात्रा लगायतको जाँच गर्न सक्ने गरी मिटरको जडान गरिने भएको छ । गम्भीर प्रकृतिका भेन्टिलेटर आइसीयुमा राख्ने अवस्थाका संक्रमितलाई चितवन पठाउने गरी छलफल भएको डा आचार्यले बताउनुभयो । जनशक्ति व्यवस्थपन वारे मुल्याकन गरेर एक जना चिकित्सक डा आचार्य स्वयम, २ जना पारामेडिकल, २ जना सहयोगी , भान्से र अनिवार्य सुरक्षागार्ड को व्यवस्था हुने गरी काम भइरहेको डा आचार्यले बताउनुभयो ।

नगरप्रमुख पौडेलले गम्भीर प्रकृतिका विरामीको उपचारका लागि यस अघि नै भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालसँग छलफल गरी सहज उपचारको व्यवस्था मिलाउन आग्रह गरिसक्नुभएको छ । आज विहान सम्म नगरपालिकामा संक्रिय संक्रमितको सख्या ६३ जना छन् । ७५ जना निको भइसकेका छन् भने १ जनाको मृत्यु भएको छ ।

Share.

Leave A Reply