गैंडाकोटमा आज कोरोना सङ्क्रमण पुष्टि भएका सबै होम आईसोलेसनमा

0

प्रेम क्षेत्री
भदौ २७, गैंडाकोट । गैंडाकोटमा आज कोरोना सङ्क्रमण पुष्टि भएका सबै जनालाई होम आईसोलेसनमा राखिएको छ ।
चितवन मेडिकल कलेजमा गरिएका परिक्षणमा गैंडाकोटका ६ जनामा आज कोरोना सङ्क्रमण पुष्टि भएको थियो । जिल्ला कोभिड अस्पतालका रुपमा रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयमा व्यवस्थापनमा समस्या भएपछि नगरपालिकाले आज सङ्क्रमित पुष्टि भएकाहरुलाई आ–आफ्नै घरमा राखेको हो ।
स्वास्थ्य शाखा गैंडाकोटका प्रमुख झलकाराज पौडेलका अनुसार २ जना क्वारेन्टाईन स्थल पितौजीको कभर्डहलको छुट्टै कोठामा राखिएको छ । अरु घरमा नै रहेका छन् ।

यसअघि नै एक व्यक्ति होटलमा आईसोलेसनमा रहेका छन् । यसअघि शुक्रबार भेटिएका सङ्क्रमित ३ जना पनि होम आईसोलेसनमा नै रहेका छन् । त्यसअघि कोरोना पुष्टि भएका एक क्रियापुत्री समेत होम आईसोलेसनमा नै क्रियामा बसिरहनुभएको छ ।
नगरमा आइसोलेसन बनाउने विषयमा पटक पटक ध्यानाकर्षण गराईएपनि अहिलेसम्म निर्माण हुन सकेको छैन ।
आज पुष्टि भएका ६ जना सँगै गैंडाकोटमा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या ६३ पुगेको छ । हालसम्म गैंडाकोटमा १३९ जनामा सङ्क्रमण पाईएको छ । ७५ जना निको भएपछि घर फर्किएका छन् । एक जनाको मृत्यु भएको छ ।

Share.

Leave A Reply