गैंडाकोटमा सक्रिय सङ्क्रमितको सङ्ख्या ६३

0

प्रेम क्षेत्री
भदौ २७, गैंडाकोट । गैंडाकोटमा आज थप ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सँगै गैंडाकोटमा सक्रिय सङ्क्रमितको सङ्ख्या ६३ पुगेको छ ।

चितवन मेडिकल कलेजमा गरिएका परिक्षणमा गैंडाकोटका ६ जनामा कोरोना सङ्क्रमण भएको पाईएको हो । शुक्रबार लिइएका स्वाबको नतिजा सार्वजनिक गर्दै अस्पतालले सो पुष्टि गरेको हो ।
आज पुष्टि हुनेमा गैंडाकोट ७ का २४ वर्षिय महिला रहेकी छन् । उनि चितवनमा रेडक्रसमा कार्यरत रहेको स्वास्थ्य शाखा गैंडाकोटका प्रमुख झलकाराज पौडेलले जानकारी दिनुभयो । त्यस्तै गैंडाकोट ११ का १ जना ५० वर्षिय पुरुष रहेका छन् । उनि वियर फ्याक्ट्रीमा कार्यरत रहेको उहाँले जानकारी दिनुभयो ।
त्यस्तै अन्यमा गैंडाकोट ४ की १६ वर्षिय एक महिला रहेकी छन् । त्यसैगरि गैंडाकोट १६ का ४२ वर्षिय महिला र ४६ वर्षिय पुरुष गरि २ जना रहेका छन् । त्यस्तै गैंडाकोट १० का ३८ वर्षिय एक पुरुष रहेका छन् । उनिहरुलाई सम्पर्क गर्ने र उनिहरुका विषयमा जानकारी लिने काम भईरहेको पौडेलले बताउनुभयो । रजहर स्थित आईशोसेलेसनमा चाप वढिरहेको र उनिहरुलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल भईरहेको समेत उहाँले जानकारी दिनुभयो ।
हालसम्म गैंडाकोटमा १३९ जनामा सङ्क्रमण पाईएको छ । ७५ जना निको भएपछि घर फर्किएका छन् । एक जनाको मृत्यु भएको छ ।

Share.

Leave A Reply