गैँडाकोटका ६ जना सहित नवलपुरमा ८ जना संक्रमित थप

0

गैँडाकोट, २७ भदौ । नवलपुरमा अहिले ८ जना थप भएपछि सक्रिय संक्रमितको सख्ंया २५७ जना पुगेका छ । अहिले भर्खर जिल्लामा ८ जना संक्रमित थप भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख केशव चापागाईंले बताउनुभयो । उहाँका अनुसार चितवन मेडिकल कलेजबाट प्राप्त रिपोर्ट अनुसार गैँडाकोटमा ६ जना, मध्यविन्दुमा १ र हुप्सेकोटमा १ जना संक्रमित थप भएका छन् । यस अघि राती देवचुलीमा ३४ जनामा संक्रमण थप भएको थियो ।

जिल्लामा कुल संक्रमित ६६० जना पुगेका छन् । ४०० जना निको भएका छन् भने ३ जनाको मृत्यु भएको छ

अहिले भर्खर थप भएका मध्ये  गैँडाकोट ४ का १ जना महिला, १६ का १ जना पुरुष र १ जना महिला, ७ का १ जना महिला, १० को १ जना पुरुष र ११ को १ जना पुरुष रहेको गैँडाकोट स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले बताउनुभयो । गैँडाकोट १६ ठेगाना भएकी महिलाको सम्पर्क पश्चिम नेपाल (बझाङ तिर) को रहेको हुँदा सम्पर्कमा कठिनाइ भइरहेको स्वास्थ्य शाखा प्रमुख पौडेलले जानकारी दिनुभयो ।
रजहरको आइसोलेसन भरिभराउ भएको अवस्थामा अब होम आइसोलेसन बाहेक विकल्प नभएको प्रमुख पौडेलले जानकारी दिनुभएको छ ।

मध्यविन्दु १ का २८ वर्षका पुरुषमा कोरोना पुष्टि भएको छ । त्यस्तै हुप्सेकोट गाउँपालिका ४ की २१ वर्षीया महिला मा पनि कोरोना पोजिटिभ देखिएको छ ।

संक्रमितको सख्ंया कम हुँदै गएपछि अब रजहरको प्राकृतिक चिकित्सालयमा रहेको आइसोलेसनमा संक्रमितको व्यवस्थापनमा समस्या बढ्दै गएको छ । करिब २ सय क्षमता रहेको अस्पतालको क्षमता वृद्धि वा अन्य विकल्पहरुको खोजि गरिनु आवश्यक रहेको छ ।

Share.

Leave A Reply