गैंडाकोट नगरपालिका वडा नम्बर ८ मा केहि व्यक्ति होम आईसोलेसनमा, समाजलाई सुसुचित गर्ने काममा विजय एफएम अग्रक्तिमा रहेको वडाध्यक्ष रिजालको भनाई ।।

0


भदौ २७, गैंडाकोट
गैंडाकोट नगरपालिका वडा नम्बर ८ मा केहि व्यक्तिहरुलाई होम आईसोलेसनमा राखिएको छ ।
कोरोना भाईरस संक्रमणको जोखीम बढेको समयमा बृद्ध र बालबालिका, सुत्केरी लगायत जसलाई अन्य व्यक्तिको सहयोगको आवश्यकता पर्छ ति व्यक्तिलाई होम आईसोलेसनमा राख्न सकिने भएकाले गैंडाकोट ८ मा केहि व्यक्ति होम आईसोलेसनमा रहेको गैंडाकोट ८ का वडाध्यक्ष डिलाराम रिजालले बताउनुभएको छ ।
विजय एफएमको कार्यक्रम न्यायिक डवलीमा कुरा गर्दै वडाध्यक्ष रिजालले घरमा बस्ने बातावरण भएका, छुट्टै बस्न सक्ने वृद्ध र बालबालिका, सुत्केरी लगायतलाई होम आईसोलेसनमा राखिने बताउनुभएको छ ।
यस्तै नवलपुरका जनस्वास्थ्य प्रमुख केशव चापागाईले पनि संक्रमण समुदायमा नै देखिएकाले वृद्ध र बालबालिका, सुत्केरी लगायत जसलाई अन्य व्यक्तिको सहयोगको आवश्यकता पर्छ ति व्यक्तिलाई घरमा नै राख्न सकिने विजय एफएमसँग कुराकानी गर्दे जानकारी दिनुभएको छ ।
वडाध्यक्ष डिलाराम रिजालले समाजलाई सुसुचित गर्ने काममा विजय एफएम अग्रक्तिमा रहेको बताउनुभएको छ । कोरोना महामारीको समयमा नागरिकलाई सहि सुचना र तथ्य सत्य जानकारी विजय एफएमले दिएकोले नागरिकलाई धेरै सहज र जानकारी प्राप्त भएको पनि बताउनुभयो । विगत देखीनै समाजलाई सुसुचित गरेको भन्दै आगामी दिनमा पनि यसरी नै अगाडी बढ्न विजय एफएमलाई उहाँले आग्रह गर्नुभएको छ ।
न्यायिक डवली कार्यक्रम गैंडाकोट नगरपालिका न्यायिक समितिको सहकार्य र सहयोगमा उत्पादित कार्यक्रम हो । यो हरेक साताको शनिबार विहान ८ बजेपछि सुन्न सक्नुहुनेछ । कार्यक्रममा समसामयिक बिषयमा , न्यनयिक पक्षका बिबिध पक्षमा रहेर कुराकानी गर्छौ साथै बिबिध सामग्री पनि प्रस्तुत गर्ने गर्छो ।

Live stream

न्यायिक डवलीमा आज हामीले गैंडाकोट नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष डिलाराज रिजालसंग रहेर कुराकानी गर्देछौं ।

Posted by 101.6 Vijaya FM on Friday, September 11, 2020

 

 

 

Share.

Leave A Reply