गत राती अविरल परेको बर्षासंगै आएको बाढीले गैंडाकोट फेरी जलमग्न

0


भदौ २७, गैंडाकोट
गत राती अविरल परेको बर्षासंगै आएको बाढीले गैंडाकोट फेरी जलमग्न भएको छ । गैंडाकोट १ र २को पानी निकास नहुदा गैंडाकोट ४ का झपर्दी, कालीगण्डकी चोक र गैंडाकोट ५, गैंडाकोट २ मा रहेका घरहरुमा पानी पसेको छ ।

नगरपालीकाले वनाएको अस्थायी नाला सानो भएको र प्रभावकारी पानी निकास नहुदा नगरवासी जहिले समस्यामा पर्ने गरेका छन । निकास नभएको पानी यसअघि जमिनले सोसेर पानीको सतह घटने भएपनि लगातार जस्तै पानी परेपछि जमिनले सोस्न नसकेको स्थानीय बताएका छन । आफ्ना नोक्सान हुन लागेको खाद्यान्न र अन्य सामग्री सुरक्षीत गर्नमोटर प्रयोग गरेर केहि स्थानीयले पानी निकासको प्रयास पनि गरिरहेका छन ।
यसैविच गैंडाकोट ४ का वडाध्यक्ष कृष्णप्रसाद न्यौपानेले नाला खनेर पानी निकासको काम भईरहेको र साझसम्म सहज हुने बताउनुहुन्छ ।
साथै वाढी आएकाले विजुलीको पोल ढलेर तार चुडिएर केहि समस्या हुन सक्ने हुनाले विद्युत अवरुद्ध गरिएको नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ । गयराति पानी परेकाले पनि विभिन्न स्थानमा मर्मतका लागि अवरुद्ध रहेकाले मर्मतको काम भईरहेको छ केहि समयपछि विद्युत सुचारु हुने शाखाले जानकारी दिएको छ ।


नगरपालिकाको तल्लो भेग गैंडाकोट ५ मा काग्रेस चोक नजिकका भुभाग र केहि घर डुवानमा २०÷२५ घर प्रभावित भएको छ । निकासका लागि स्थानीयले पहल गरिरहेका छन ।

तस्विर ः गोविन्द रिमाल विजय एफएम

Share.

Leave A Reply