गैँडाकोट, २६ भदौ । नवलपुर जिल्लामा सबैभन्दा बढी संक्रमण २१ देखि ३० वर्षको उमेर समूहका व्यक्तिमा देखिएको छ । यस उमेर समूहमध्ये १ सय ५७ जना पुरुष र ५४ जना महिला गरि २ सय ११ जनामा संक्रमण देखिएको छ ।
यस पश्चात ३१ देखि ४० वर्ष उमेर समूहमध्ये ११७ पुरुष र ४१ महिला गरि १५८ जनामा संक्रमण देखिएको छ ।
जिल्लामा १० बर्षमुनिका बालबालिका १५ जनामा संक्रमण देखिएको छ । यसैगरी ११ देखि २० वर्षमुनिको उमेर समूहमा पनि ८९ जनामा संक्रमण देखिएको छ ।
६१ वर्षदेखि माथिको उमेरसमूहका वृद्धहरुमा पनि संक्रमण फैलिदो छ । यस उमेर समूहमा आहिलेसम्म ३० जनामा संक्रमण देखिएको छ ।
नवलपुर जिल्लामा कोभिड १९ का संक्रमित ६ सय १८ जना पुगेका छन् । जसमध्ये ४०० जना निको भइ घर फर्किएका छन् ।
अहिले जिल्लामा सक्रिय संक्रमित २१८ जना रहेका छन् । ३ जनाको मृत्यु भइसकेको छ ।