चितवन राप्तीका ६१ वर्षीय कोरोना संक्रमितको मृत्यु

0

file photo

चितवन, २६ भदौ । चितवन जिल्ला राप्ती नगरपालिका ५ बस्ने ६१ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण आज मृत्यु भएको छ । आज साँझ ७ ः ०० बजे कडा निमोनियाको कारणले निधन भएको भरतपुर अस्पतालले जानकारी दिएको छ ।

कोभिड १९ को संक्रमण सहित उहाँ उच्च ज्वोरो, खोकी र श्वास प्रश्वासमा समस्या भई हिजो मात्रै अस्पतालको कोभिड आइ. सी.यु मा भर्ना हुनुभएको थियो ।

 

भदौ २४ गते कोभिड १९ संक्रमण पुष्टि भएको उहाँको स्वास्थ्य अवस्था थप जटिल हुदैँ गएपछि अस्पतालको कोभिड आइसीयुमा भेन्टिलेटरसहित उपचारका सबै उपाय अपनाएपनि बचाउन नसकिएको अस्पतालले जानकारी दिएको छ । हिजो पुरानो मेडिकल कलेजमा मृत्यु भएकी रत्ननगर नगरपालिका–२ की ७८ वर्षीया महिलामा पनि आज नै कोभिड १९ को संक्रमण पुष्टी भएको थियो ।

यसैविच भरतपुर अस्पतालमा स्वासप्रश्वासको समस्या भएका तीन जनाको मृत्यु भएको छ । कोभिडसंग मिल्दोजुल्दो लक्षण देखिएकाले उनिहरुको श्वाब परीक्षणका लाई कोभिड १९ परीक्षण प्रयोगशालामा पठाइएको छ ।

 

मृत्यु हुनेहरु राप्ती ४ की १८ बर्षिय युवती र रत्ननगर नगरपालिकाका ४६ बर्षिय पुरुषको आज अस्पतालको आकस्मिक कक्षमा र हिजो (विहिवार) खैरहनी नगरपालिकाकी २२ बर्षिय युवतीको मृत्यु भएको अस्पतालले जनाएको छ । स्वावको रिपोर्ट आउन वाँकी रहेको छ ।

Share.

Leave A Reply