नेपालमा कोरोनाबाट निको हुने ७१ प्रतिशत, नवलपुरमा ६६ प्रतिशत

0


गैँडाकोट, २६ भदौ । नेपालमा कोरोना संक्रमणपश्चात निको हुनेको संख्या बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले ३६ हजार ६ सय ७२ जना निको भएको बताउनुभयो । शुक्रबार अपरान्ह सार्वजनिक तथ्यांक अनुसार गत चौविस घण्टामा ९ सय ७२ जना कोरोना मुक्त भएका छन् । मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसको संक्रमणबाट निको हुनेको दर ७१ प्रतिशत रहेको छ ।
शुक्रबार अपरान्ह सार्वजनिक तथ्यांक अनुसार गत चौविस घण्टामा १४ सय ५४ जना संक्रमित थप भएका छन् भने पाँच जनाको ज्यान गएको छ । यससंगै देशभर संक्रमितको संख्या ५१ ह्जार ९ सय १९ पुगेको छ । ज्यान जानेको संख्या ३ सय २२ पुगेको छ ।
अहिले नेपालमा १४,९२५  जना सक्रिय सङ्क्रमित रहेका छन् । जसमध्ये ६,६३४ जना घरमै छन् भने बाँकी ८,२९१ जना संस्थागत आइसोलेशनमा छन्।
सङ्क्रमितहरूमध्ये १७० जना सघन उपचार कक्षमा र २४ जना भेन्टिलेटरमा उपचार रत रहेका छन् ।

नवलपुरमा कोरोनाबाट निको हुनेको दर करिब ६६ प्रतिशत

यता नवलपुरमा कोरोनाबाट निको हुनेको दर करिब ६६ प्रतिशत रहेको छ । नवलपुरमा कोरोना संक्रमणबाट ४ सय जना कोरोना मुक्त भइसकेका छन् । बिहिबार मात्रै जिल्लामा ३३ जना कोरोना मुक्त भएका थिए । नवलपुरमा आज शुक्रबार २८ जना संक्रमित थप भएका छन् । अहिलेसम्म कुल संक्रमित ६१० जना भएका छन् भने ३ जनाले ज्यान गुमाइसकेका छन् ।

 

Share.

Leave A Reply