झापामा ५ रेक्टर स्केलको भूकम्प गयो

0

भदौ २६, झापा

झापामा आज बिहान ९ बजेर ३० बजे भुकम्पको धक्का महसुस गरिएको छ । मेचीनगर नगरपालिकाको बाहुनडाँगीलाई केन्द्रबिन्दु बनाएर ५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

नेपाल–भारत सीमा नजिक गएको भूकम्पको आसपास क्षेत्रमा धक्का महशुस भएको थियो । यो पराकम्प नभएर भूकम्प नै भएको केन्द्रले जनाएको छ । पाँचथर सदरमुकाम फिदिम बजारसम्म धक्काको महसुस गरिएको स्थानीयले बताएका छन् ।

Share.

Leave A Reply