गैंडाकोट ११ हर्कपुर चोकमा सवारी दुर्घटना, ४ जना घाइते

0

गैंडाकोट, २६ भदौ । हिजो राति करिव ८ बजेर १५ मिनेटमा गैंडाकोट ११ हर्कपुर चोक स्थित पुर्ब पश्चिम राजमार्गमा सवारी दुर्घटना भएको छ ।

पुर्ब बाट पश्चिम तर्फ आउदै गरेको ना २ ह ५१३० नम्वरको अटो लाई सोही दिशा बाट आउदै गरेको बा १० च ४७१० नम्वरको कारले ओभरट्र्याक गर्ने क्रममा ठक्कर दिई दुर्घटना हुदा अटोमा सवार ४ जना घाइते भएका छन् ।

घाइते हुनेहरुमा गैंडाकोट १२ का २१ वर्षीय कोपिला आले सोही ठाउँका बर्ष २२ की पुनम आले, बर्ष ७ की स्मारिका आले, बर्ष २ को रिजन आले रहेका छन् ।

कोपिलाको को निधार,शरिरमा भित्री चोट रहेको र गम्भिर अवस्थामा उपचार भइरहेको र अन्यको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकृत प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिनुभयो । घाइते सवैको नया मेडिकल कलेज भरतपुर चितवनमा उपचार भइरहेको र ठक्कर दिने सवारी साधन र चालक प्रहरी को नियन्त्रणमा रहेको खाँणले बताउनुभयो । अन्य अनुसन्धानको काम भइरहेको छ ।

Share.

Leave A Reply