९ जना नभई गैंडाकोटका थप ८ जनामा कोरोना संक्रमण पुष्टी

0

गैंडाकोट, २५ भदौ । गैंडाकोट नगरपालिकाका थप ८ जनामा हिजो कोरोना सङ्क्रमण देखिएको छ । गत सोमवार संकलित ९७ स्वाव मध्ये पोखरामा गरिएको परिक्षणमा गैंडाकोट ८ का ३ जना,५ का २ जना, वडा नम्बर ४, १० र ११ का एक–एक जना गरि ८ जनामा कोरोना सङ्क्रमण देखिएको हो ।

गैंडाकोट ८ का ८६ वर्षिय पुरुष, ८२ र ६५ वर्षको महिला रहेका छन् । यस अघि स्वास्थ्य कार्यालय नवलपुरले दिएको तथ्याङमा गैंडाकोट ८ का ४ जना भनिएपनि वर्ष ५४ का पुरुष दोहोरिएको नगरपालिकाको स्वास्थ्य शाखाले प्रष्ट पारेको छ । उहाँको सीएमसीमा स्वाव दिएर पोजेटिभ आएको रिपोर्टलाई पोखराले समावेश गरेको स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलका अनुसार उहाँको यस अघि नै रिपोर्ट पोजेटिभ आइसकेको हो । त्यस्तै गैंडाकोट ५ का २८ र ३० वर्षिय महिला रहेका छन् । गैंडाकोट ११ का ३८ वर्षिय पुरुष, गैंडाकोट ४ का २५ वर्षिय पुरुष, गैंडाकोट १० का ३३ वर्षका पुरुष रहेका छन् ।

गैंडाकोट ११ का व्यक्ति टाइम फर्मामा कार्यरत रहेको वडाअध्यक्ष गोविन्द सुवेदीले सामाजिक संजालमार्फत जानकारी दिदै थप स्वास्थ्य सतर्कता अपनाउन आग्रह गर्नुभएको छ । अन्य वडाका संक्रमित स्थानीय भएको नगरस्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले जानकारी दिनुभयो ।

९७ स्वाव मध्य अझै पुरै रिपोर्ट आउन वाँकी रहेको पौडेलले बताउनुभयो । यो सँगै गैंडाकोटमा सक्रिय संक्रमितको सख्या ५६ पुगेको छ । ७५ जना निको भएका छन् भने एक जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै आज नै कावासोती १६ का ४४ वर्षीय पुरुष र गैंडाकोटमा स्वाव दिएको भरतपुर ३ का २९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टी भएको हो । यो नवलपुर जिल्लामा संक्रमितको कुल सख्या ५८२ पुगेको छ भने हालसम्म ४०० जना निको भइसकेको छ । ३ जनाको ज्यान गएको छ भने १७९ जना उपचारर रहेका छन् ।

Share.

Leave A Reply