अमूल्य जीवन फाल्नेहरु

0

तस्बिर तयार ः श्रीधर उपाध्याय

डोलराज रानाभाट, गैंडाकोट, २५ भदौ ।
आज विश्व आत्महत्या रोकथाम दिवस । मानिसको जीवन अमूल्य भएपनि यसको महत्व वुझ्न र वुझाउन विभिन्न पक्ष जोडिरहेको हुन्छ । कति वुझ्न सकेर कति वुझाउन नसकेर मानिसहरुले आफ्नो अमूल्य जीवन यतिकै फालिरहेका छन् । गत आर्थिक वर्ष २०७६/०७७ मा मात्रै नवलपुर का ९८ जनाले अमूल्य जीवन फालेका छन् ।

यसरी आत्महत्या गरी जीवन फाल्नेमा ६९ जना पुरुष र २९ जना महिला रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिनुभयो । उहाँका अनुसार झुण्डिएर मात्रै ६१ जना पुरुष र २४ जना महिला गरी ८५ जनाले जीवन फालेका छन् ।

यसमा १८ बर्ष मुनिका ४ जना बालिका र ७ जना बालक पनि रहेका छन् । त्यस्तै विष सेवन गरी ९ जनाले आत्महत्या गरेका छन् । जसमा ५ जना पुरुष र ४ जना महिला रहेका छन् । जिल्लामा हामफालेर मात्रै १ जना वालक, १ जना पुरुष र १ जना महिला गरी ३ जनाले ज्यान फालेका छन् । त्यस्तै जिल्लामा आगो लगाएर पनि आत्महत्या गरेका छन् । डिएसपी खाँणका अनुसार १ जना पुरुषले त्यसरी आगो लगाएर ज्यान फालेका हुन् ।

>> विश्व महामारीको रुप लिएर संक्रमण फैलिरहेको कोरोना भाइरसका कारण नेपालमा चैत्र ११ देखि देशैभर लकडाउन सुरु भयो । यो अवधिमा नवलपुरमा ४६ जनाले आत्महत्या गरेका छन् । चैत्र ११ देखि भदौ २५ आज सम्म २९ जना पुरुष र १७ जना महिलाले यसरी देह त्याग गरेका हुन् । जसमा २४ जना पुरुष र १३ जना महिला गरी ३७ जनाले झुण्डिएर ज्यान फालेका छन् भने ३ जना पुरुष र ४ जना महिला गरी ७ जनाले विष सेवनबाट ज्यान फालेका छन् । यो अवधिमा हामफालेर २ जना पुरुषले जीवन त्याग गरेको सुचना अधिकृत खाँणले जानकारी दिनुभयो ।

गत आर्थिक वर्षमा गैंडाकोट नगरपालिका भर २० जनाले आत्महत्या गरेका छन् । १५ पुरुष र ५ महिलाले आफ्नो अमूल्य जीवन खेल फालेका हुन् । इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रमुख प्रहरी निरीक्षक चन्द्रवहादुर थापाका अनुसार १३ पुरुष र ४ महिला गरी १७ जनाले झुण्डिएर जीवन फालेका छन् । त्यस्तै विष सेवन गरी २ पुरुष र १ महिलाले आत्महत्या गरेको थापाले बताउनुभयो । इलाका प्रमुख इन्सपेक्टर थापाका अनुसार १९ देखि ८१ वर्षसम्मका महिला र १७ देखि ८० वर्षसम्मका पुरुषले आत्महत्या गर्ने गरेका छन् । प्राय सीमान्तकृत, गरिवी र पछौटेपन सँगै लागुऔषध मदिरा आदिले आत्महत्या थप वढेको र यसलाई रोक्न सवै जिम्मेवार हुनुपर्ने थापाले बताउनुभयो ।

कारण के के ?

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक खाँणका अनुसार प्रमुख कारण आर्थिक अभाव रहेको छ । त्यस्तै पारिवारीक कलह, झैझगडा, पढाई मा चाहेजस्तो सफलता नपाएपछि हुने डिप्रेसन, अनुचित किसिमका प्रेम, मानसिक रोगी ,वैदेशीक रोजगारी, दीर्घरोगी, मानसिक रोगीको समयै उपचार नहुनु आदि रहेका छन् ।

यसबाट बचाउन दक्ष मनोविज्ञसँग उपचार गर्ने,लागुऔषध सेवन कर्तापनि आत्महत्या गरेको पाइएका कारण उनीहरुलाई सेवन गर्न निरुत्साहीत गर्ने, सकारात्मक सोचको प्रशिक्षण गर्ने , आर्थिक समस्या हटाउन गरिवी उन्मुलन गर्ने र रोजगार , सिपमुलक तालिम दिने र आत्मविश्वस बढाउने कार्य गर्न आवश्यक रहेको उहाँको जोड छ ।

यसका लागि व्यक्ति स्वयम, परिवार, समुदाय, राष्ट्रले आआफ्नो दायित्व पुरा गर्ने हो भने आत्महत्या नियन्त्रणमा आउने उहाँको दावी छ ।

Share.

Leave A Reply