भरतपुर ११ का मात्रै ६ जना संक्रमितको मृत्यु

0

चितवन, भदौ २५ । चितवनका अर्का एक कोरोना सङ्क्रमित पुरुषको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत भरतपुर महानगरपालिका वडा नम्वर ११ का ६२ वर्षीय पुरुषको आज दिउँसो १२ः२० बजे मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिनुभयो । भदौ १८ गते स्वासप्रश्वासमा समस्या भई उनि अस्पताल भर्ना भएका थिए । स्वास्थ्यमा थप समस्या आएपछि भदौ २१ गते स्वाब लिएर परीक्षण गर्दा २२ गते उनमा कोरोना सङ्क्रमण पुष्टी भएको थियो । अवस्था गम्भिर हुँदै गएपछि सघन उपचार कक्षमा भेन्टिलेटरको सहायतामा उपचार जारी थियो । रेमिडिसिभिर थेरापीबाट उपचार गरिएपनि बचाउन नसकिएको डा. लम्सालले जानकारी दिनुभयो । यो सँगै चितवनमा मृत्यु हुने कोरोना संक्रमितको कुल संख्या २४ पुगेको छ । जसमा चितवनका मात्रै १३ जना रहेका छन् । १३ मध्ये भरतपुर महानगरपालिकाका मात्रै ९ जना कोरोना सङ्क्रमितको मृत्यु भइसकेको छ जसमा वडानम्वर ११ का मात्रै ६ जना रहेका छन् ।

Share.

Leave A Reply