नवलपुरका ३३ जना कोरोना सङ्क्रमण मुक्त भई डिस्चार्ज

0


प्रेम क्षेत्री
भदौ २५, गैंडाकोट । नवलपुरका ३३ जना कोरोना सङ्क्रमण मुक्त भई डिस्चार्ज भएका छन् । रजहर स्थित सामुदायिक प्राकृतिक चिकित्सालय (जिल्ला कोभिड अस्पताल)को आईसोलेसनमा रहेका ३३ जनाको रिपोर्ट नेगेटिभ आएको र उनिहरुको स्वास्थ्य अवस्था सामान्य भएपछि उनिहरुलाई डिस्चार्ज गरिएको सामुदायिक प्राकृतिक चिकित्सालयका निर्देशक डा. विनोद पौडेलले जानकारी दिनुभयो । गत मंगलबार उनिहरुको स्वाब संकलन गरिएको थियो ।
कोरोना सङ्क्रमण मुक्त भई डिस्चार्ज हुनेमा गैंडाकोटका ८ जना रहेका छन् । गैंडाकोट वडा नम्बर २, ७ र १३ का ३ महिला सहित ८ जना डिस्चार्ज भएका हुन् ।
त्यस्तै विनयी त्रिवेणीका १५ जना, कावासोतीका ६ जना, मध्यविन्दुका २ जना र देवचुलीका २ जना रहेका छन् ।
रजहर स्थित सामुदायिक प्राकृतिक चिकित्सालय (जिल्ला कोभिड अस्पताल)को आईसोलेसनमा रहेकाहरुको स्वास्थ्य अवस्था सामान्य रहेको कोभिड अस्थायी अस्पतालका मेडिकल अधिकृत डा. पुस्कर पौडेलले जानकारी दिनुभयो ।

Share.

Leave A Reply