अभिभावक नै जिम्मेवार बन्नुपर्छ ः भण्डारी

0


माया कंडेल,

भदौं २४ , गैंडाकोट ।
नेपाल सरकारका शिक्षा सेवा तर्फका पूर्व उपसचिव गोपालप्रसाद भण्डारीले घर र घरको सेरोफेरोबाट नै अभिभावकले बालबालिकालाई सिकाईमा सहजीकरण गर्न सक्ने बताउनुभएको छ । बालबालिकाको सिकाईमा अभिभावक नै जिम्मेवार बन्नुपर्ने उहाँको भनाई छ ।

 

विजय एफएमको साप्ताहिक शैक्षीक कार्यक्रम उज्यालो संसारमा बोल्दै बालबालिकाको साथी र शिक्षक दुबैको भुमिका अभिभावकले निभाउनुपर्ने समेत बताउनुभयो । भण्डारीले बालबालिकालाई दैनिक कार्यतालिका बनाउन लगाउने, प्रयोग र अभ्यासमा प्रेरित गर्नुपर्ने बताउनुभयो ।

विद्यालयले दिएको गृहकार्यमा बालबालिकालाई उत्प्रेरित गराई अभिभावक ले नै बालबालिकाले सोधेका प्रश्न झर्को नमानी उत्तर दिनुपर्ने तर्क गर्नुभयो । उनिहरुसँग नम्र र शिष्ट भाषाको प्रयोग नै सिकाईको महत्त्वपूर्ण सिकाई रहेको भण्डारीले बताउनुभयो । उहाँले घरमा नै आफ्नो सरसफाई, आफु बस्ने स्थानको सरसफाई, घर कम्पाउण्ड भित्र खेल्न सकिने खेल, फुलबारीको काममा संलग्नता, खेतबारी, गोठ, भान्सा, बैठक कक्षमा गर्न सकिने सिकाईमा अभिभावकले भुमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । यस्ता व्यवहारले बालबालिकामा सकारात्मक मनोबैज्ञानिक प्रभाव पर्ने भण्डारीको भनाई छ ।

उहाँसँगको विशेष कुराकानी विजय एफएम १०१.६ मा भदौ २५ गते बिहिबार विहान ८ बजेको उज्यालो संसार कार्यक्रममा सुन्न सक्नुहुनेछ ।

Share.

Leave A Reply