धार्मिक तथा सामाजिक व्यक्तित्व रत्नाखर सापकोटा

0



 पीताम्बर सापकोटा
बाआमा प्रत्येक सन्ततिका स्रष्टा तथा आदर्शका पुञ्ज हुन्।आÇना बाबाआमाले देखाएको पारिवारिक,धार्मिक,सामाजिक,शैक्षिक र सांस्कृतिक बाटोलाई पच्छ्याएर मात्रै हामीहरू आÇनो गन्तव्यसम्म पुग्न सक्छौँ।जीवनलाई सफलीभूत पार्न सक्छौँ र साँस्कृतिक सम्पत्ति नवपुस्तालाई हस्तान्तरण गर्न सक्छौँ। त्यसैले बाआमा हाम्रा सृष्टिकर्ता,देवता,शिक्षक साथी सबैथोक हुन्।
वि.सं. १९९९साल साउन ६गते मंगलवारका दिन नेपालको धौलागिरि अञ्चल, बागलुङ जिल्ला, साबिक दमेक गा.वि.स. वडा नं.३, बसेरी (हाल ः गण्डकी प्रदेश, जैमिनि नगरपालिका) मा पिता देउपति सापकोटा र माता कलावती सापकोटाका कोखबाट कान्छा सुपुत्रका रूपमा रत्नाखर सापकोटाको जन्म भएको थियो। पिता देउपति सापकोटाका दुई श्रीमतीहरूमध्ये जेठी श्रीमतीतर्फबाट छोराहरू जेठा हरिलाल सापकोटा (विवाहपश्चात् मृत्यु), माइला स्व.भवानीशङ्कर सापकोटा, साहिँला (सानैमा मृत्यु), कान्छा रत्नाखर सापकोटा र एकमात्र छोरी स्व.गोमा सापकोटा सुवेदी (पुत्र ः ज्ञानानन्द सरस्वती महाराज) गरी जम्मा ५सन्तान भए भने कान्छी श्रीमती पवित्रा सापकोटातर्फबाट स्व.बालकृष्ण सापकोटा र स्व.पशुपति सापकोटा गरी दुई सन्तान भए।यसरी देउपति सापकोटाका जम्मा सन्तानहरूमध्ये रत्नाखर सबैभन्दा कान्छा छोरा हुनुहुन्छ र हालको हाम्रो वंश परम्परामा उहाँ एकमात्र जीवित ज्येष्ठ सदस्य हुनुहुन्छ।
अनुदार राणाकाल भएकाले गाउँमा कतै विद्यालयहरू खुलेका थिएनन्।त्यसैले औपचारिक शिक्षा प्राप्त हुने वातावरण मिलेन नै तर घरमै पाटीमा बाह्रखरी सिकेपछि आÇनै पिता देउपति सापकोटाबाट चण्डी,ठुलादाइ बालकृष्ण सापकोटाबाट५अध्यायसम्मको शुक्लयजुर्वेद अध्ययन र दराउँदीका ज्यो.नरिश्वर सापकोटाबाट १ महिना जति पात्रो हेर्न सिक्नुभएको थियो भने गायत्री गुरु बालकृष्ण सापकोटाबाट दीक्षित हुनुभएको थियो।यसरी हेर्दा औपचारिक शिक्षाको अभावमा धर्मशास्त्रीय ग्रन्थहरू पढ्ने पारिवारिक शैक्षिक वातावरणबाट उहाँले शिक्षा हासिल गरेको देखिन्छ।

विवाहका लागि शारीरिक र मानसिक रूपमा परिपक्व भएको हुनुपर्ने अहिलेको जस्तो सामाजिक र कानुनी मान्यता उतिबेला थिएन। किशोरावस्थामा लाग्दा नलाग्दै विवाह गरिदिने सामाजिक रूढि परम्पराका प्रभावमा उहाँ पनि १० वर्षको कलिलो उमेर मै बागलुङ जिल्ला, साबिक बिहूँ गा.वि.स. कर्लिम निवासी स्व.चन्द्रीश्वर सुवेदी र स्व.तुलसा सुवेदीकी ज्येष्ठ सुपुत्री चन्द्रकली सुवेदीसँग वि.सं. २००९साल फागुन महिनामा वैवाहिक बन्धनमा आबद्ध हुनुभएको थियो।

‘दुई सन्तान ईश्वरका वरदान’ भन्ने चलन उतिबेला थिएन, थियो त ‘सन्तानले डाँडाकाँडा ढाकून्’ भन्ने लोकोक्ति। उहाँको पारिवारिक जीवनमा पनि त्यस्तै भयो। उहाँका ४भाइ छोरा र ६ ओटी छोरीहरू गरी १०सन्तान भए।छोराहरूतर्फ जेठा टीकाराम सापकोटा, माहिला पीताम्बर सापकोटा, साहिँला धामनाथ सापकोटा र कान्छा भानु सापकोटा तथा छोरीहरूतर्फ क्रमशः कलावती कँडेल,कौशिला कँडेल, टहली कँडेल, पार्वती सुवेदी, भगवती कँडेल र जमुना कँडेल रहेका छन्। उहाँ प्रशस्त नातिनातिनीहरूका पनि धनी हुनुहुन्छ।उहाँका छोरातर्फ ५नाति ४ नातिनीहरू गरी ९जना र छोरीहरूतर्फका ९ नाति र ८ नातिनीहरू गरी जम्मा २६ जना नातिनातिनीहरू रहेका छन् भने पनातिपनातिनीहरू ११जना रहेका छन्।

अभाव,कष्ट र सङ्घर्षैसङ्घर्षले भरिएको पहाडिया कष्टकर जीवन र दमेकको भिरालो अनि कताकति समथर परेको जस्तो जग्गाजमिनमा वर्षको १र२पटक माटो जोतेर आउने अन्नले जहान केटीकेटालाई पाल्नै धौ धौ भएपछि उहाँले तराई झर्ने निधो गर्नुभयो । चितवन वीरेन्द्रनगर,प्रेमवस्ती र गैँडाकोट ८को उपल्लो भेग हेरे पनि अन्ततः खेतीपाती पनि हुने र कुलोखोल्सो पनि लाग्ने भएकाले वि.सं. २०३२सालको पौष महिनामा जहानकेटाकेटी गैँडाकोट ९, थुम्सीमा बसाइसराइ गर्नुभयो र आज तराई झरेको पनि ४५वर्ष बितिसकेछ।
उहाँले गरेका मुख्य सामाजिक कार्यहरूमा बाटोघाटो गोरेटो, विद्यालय र मठमन्दिरको स्थापना र विकासका कार्यहरू पर्दछन् भने वडा सदस्य र वडा अध्यक्षको भूमिकामा रहेर समेत कार्यसम्पादन गरेको देखिन्छ।बाटोघाटो निर्माणतर्फ बागलुङ छँदा पातालखर्कदेखि चौँडिलासम्म,अटपटेको खरबारी हुँदै देउराली डाँडासम्मको गोरेटो बाटो, सौरेनीदेखि बाण हुँदै चौँडिलासम्मको गोरेटो बाटो, पैयुँ खोलाबाट किराको खोर, खोलाखर्क, खारपानी,गौँडा हुँदै कोटसम्मको बाटो,किटनीको स्कुलदेखि माथि सार्कीबारीको पोखरी,उपल्ला सौरेनी हुँदै बसेरीसम्मको गोेरेटो बाटो, बागलुङ जिल्लाका तात्कालिक अञ्चलाधीश मकरध्वजको आÞवानमा काठेखोलादेखि बलेवा खर्सेडाँडासम्मको मोटर बाटो प्रमुख हुन् । यसैगरी गैँडाकोटमा आएपछि गैँडाकोट ९को किचकन्ने खोलादेखि बिसौनी हुँदै धुरीसम्मको बाटो र जयश्री खोलादेखि थुम्सी चोकसम्मको बाटोको डोजर ल्याई ट्र्याक निर्माण गर्न समितिमा रहेर सक्रिय श्रमदान गरेर योगदान गर्नुभएको थियो।

विद्यालयतर्फ बागलुङको दमेक ३मा विद्यालय खोल्नका लागि आर्थिक सहयोग जुटाउन मञ्चन गरिएको ‘हरिश्चन्द्र’ नाटकमा वरुण राजाको अभिनय,सिम्लेमा स्कुल खोल्दा र पछि त्यही स्कुललाई किटनी अमरापुरीमा स्थानान्तरण गर्न विशेष योगदान गर्नुभएको थियो।यस्तै गैँडाकोटमा आएपछि नारायणी मा.वि. गैँडाकोट ७को स्थापनाकालीन समयमा पद्मलाल सापकोटाको अध्यक्षतामा गठित स्कुल समितिका सदस्यहरूमा रत्नाखर सापकोटा, स्व. देवनारायण सापकोटा,श्यामलाल सापकोटा रहेर सुरूमा पीपलका बोटमुनि केटाकेटी पढाउन थालिएको र पछि जङ्गलबाट काठका खम्बा,डाँडाभाटा र खरले छाएको छाप्रो बनाई पहिलो शिक्षकका रूपमा झरिलाल खरेललाई नियुक्त गरी पठनपाठनको कामलाई औपचारिक रूपमा अघि बढाउन काम गर्नुभएको थियो।

निर्दलीय पञ्चायत कालमा बागलुङको साबिक दमेक गा.वि.स. वडा नं ३को वडा सदस्य (वडाध्यक्ष दराउँदीका ठुटे जिम्मालकाल) गैँडाकोट ९ का कर्मसिंह डिस्वा वडाध्यक्ष भएको कार्यकालको वडा सदस्य र पछि सोही वडाको वडाध्यक्ष भएर सामाजिक कार्य गर्नुभएको थियो । ‘धर्म–भकारी’ कार्यक्रमको सदस्य, दमेकका गाउँलेहरूसँग २–२ पाथी कोदो सङ्कलन गरी जम्मा भएको अन्न हातमुख जोर्न मुस्किल भएका दुःखी दरिद्रलाई प्रदान गर्ने र केही अन्न बेचेर प्राप्त भएको आम्दानीलाई सामाजिक कार्यमा परिचालन गर्ने लोकल्याणकारी काम पनि उहाँले गर्नुभएको थियो । त्यस्तै बढ्दो वन विनाश र वनफँडानीलाई रोक्न अहोरात्र खटेर वन पैदावरको चोरी निकासीलाई निरुत्साहित गर्न उहाँले योगदान दिनुभएको थियो । साथै यो काम गर्दा चितवन मङ्गलपुरबाट रात्रीकालीन समयमा नारायणीमा डुङ्गा तरेर आउने काठका तस्करहरूले थुम्सी गाउँका आपूmहरूमध्ये केहीलाई मारपिट गर्न आएको घटना आजसम्म पनि तरोताजा रहेको कुरा पनि उहाँ व्यक्त गर्नुहुन्छ।

मझौला कद, सुगठित शारीरिक संरचना, त्रिपुण्डयुक्त उच्च ललाट अनि भद्र स्वभावका उहाँको व्यक्तित्व धार्मिक आध्यात्मिक प्रकृतिको देखिन्छ। ब्राÞमणोचित कर्मलाई जस्तोसुकै विषम परिस्थिति आइपरे पनि नछोड्ने उहाँ सनातन वैदिक धर्म,संस्कृति र सभ्यताको दृढतापूर्वक संरक्षण र संवद्र्धन गर्न तल्लीन हुनुहुन्छ।

धार्मिक कार्यअन्तर्गत वि.सं. २०३०सालमा हरिशयनी एकादशीदेखि लिएर कार्तिक हरिबोधनी एकादशीसम्म चतुर्मास अनुष्ठान गरी चतुर्मास व्रतको समापनका सन्दर्भमा पञ्चदिवसीय ‘गणेश पुराण’ लगाउनुभयो भने सोही समयमा बागलुङको जिमिरघाट (जैमिनिघाट)मा हरिबोधनी एकादशीका दिन तोरण तार्ने पुण्य काम पनि सम्पन्न गर्नुभयो। वि.सं. २०५६सालको मङ्सिरमा आÇनै निवास गैँडाकोट ९मा मन्दिर निर्माण गरी श्रीमद्भागवत पुराण साप्ताह महायज्ञको आयोजना गर्नुभयो । पुनः २०६५साल मङ्सिरमा ठूलो छोरा टीकाराम सापकोटाको घरमा मन्दिर निर्माण गरी पञ्चदिवसीय शिवपुराणको आयोजना गर्नुभयो भने तीनपटकसम्म श्रीस्वस्थानीव्रतको मासिक अनुष्ठान पनि पूरा गर्नुभयो। यस्तै घरअगाडि राजमार्गको छेउमा बटुवाहरूका लागि विश्राम गर्ने छहारी बनोस् भन्ने परोपकारी भाव राखेर वरपीपल र समीसहितको चौतारो निर्माण पनि गर्नुभयो।

धर्मसंस्कृतिको संरक्षणका लागि मठमन्दिरको निर्माण गरी त्यसैका माध्यमबाट समाजमा धार्मिक विश्वास जागृत गर्न र धर्मप्रचारका माध्यमबाट जीवनलाई परमार्थ सन्निकट तुल्याउन गैँडाकोट ९ स्थित श्रीहनुमान् मन्दिर (२०४२) को स्थापनाकालीन समयदेखि काम गर्दै संस्थापक अध्यक्षका रूपमा २०५५ देखि २०६६सालसम्म निरन्तर नेतृत्वकर्ताको भूमिका निर्वाह गर्नुभयो।यस्तै गैँडाकोट ९ स्थित हरि ॐ सत्सङ्ग साधना सदनको संस्थापक सदस्य र हाल सल्लाहकार सदस्यका रूपमा कार्य गर्दै आइरहनुभएको छ।

धार्मिक सामाजिक व्यक्तित्वका रूपमा परिचित रत्नाखर सापकोटा विभिन्न संघ संस्थाहरूमा संलग्न एवम् आवद्ध हुनुहुन्छ। उहाँ श्रीहनुमान् मन्दिर गैँडाकोट ९ को संस्थापक अध्यक्ष र हरि ॐसत्सङ्ग साधना सदनको संस्थापक सदस्य हुनुहुन्छ भने हरिहर मन्दिर गैँडाकोट ७, कालिका मन्दिर कालिका आश्रम गैँडाकोट ८, सीताराम मन्दिर गैँडाकोट ६,गणेश मन्दिर गैँडाकोट ५, राधादामोदर मन्दिर गैँडाकोट ६,गोपेश्वर शिवालय मन्दिर गैँडाकोट २, गणेश पञ्चाङ्ग मन्दिर गैँडाकोट ४,मौलाकालिका मन्दिर गैँडाकोट २,सापकोटा कुलदेव मन्दिर गैँडाकोट ८,कौडिन्य आश्रम देवघाटधाम, गणेश मन्दिर बसेनी चितवन र पुण्येश्वर मन्दिर गोन्द्राङ चितवनको समेत उहाँ आजीवन सदस्य हुनुहुन्छ ।

दानपुण्य गर्नु वैदिक सनातनीहरूको कर्म हो। दान गरे पुण्यार्जन हुन्छ भन्ने धार्मिक विश्वास रहीआएको छ।वैदिक सनातन धर्मका अनुयायी रत्नाखर सापकोटाले यज्ञयज्ञादि,पूजाआजा,धनधान्याचल र भौतिक विकास निर्माणका क्षेत्रहरूमा सहभागी भई यथाशक्य दान–दातव्य प्रदान गर्नुभएको छ।

धार्मिक तीर्थाटनमा उहाँको गहिरो अभिरूचि रहेको देखिन्छ।तीर्थभ्रमणका सन्दर्भमा उहाँले देवभूमि मातृभूमि नेपालका मुक्तिनाथ,गोसाइँकुण्ड,वराहक्षेत्र,पशुपतिनाथ,बूढानीलकण्ठ,गुहेश्वरी,दणिणकाली, स्वयम्भू, स्वर्गद्वारी,रिडी ऋषिकेश, त्रिवेणीधाम,देवघाटधाम,बागलुङ कालिका,पञ्चकोट,गलेश्वर लुम्बिनी र जनकपुरधामका साथै देशबाहिर भारतका गया,काशी,प्रयागराज, हरिद्वार,ऋषिकेश, बद्रीनाथ,केदारनाथ, अयोध्या मथुरा,वृन्दावन, तिरुपति बालाजी, रामेश्वरम्,जगन्नाथपुरी, कुरुक्षेत्र, गंगासागरलगायतका तीर्थस्थलहरूको तीर्थयात्रा गरिसक्नुभएको छ। साथै उहाँले अनेकौँ शिष्यहरूलाई गायत्री मन्त्रको दीक्षा दिएर शिष्यत्व ग्रहण गर्नुभएको छ।
यसरी जीवनका पूर्ण सक्रिय कालमा सामाजिक र धार्मिक विकासमा विशेष योगदान पु¥याएबापत विभिन्न संघसंस्थाहरूबाट सम्मानित र अभिनन्दित हुनुभएका उहाँ २०५६सालमा भएको अकल्पनीय पत्नीवियोग पछि भने २०६२सालमा ४भाइ छोराहरूलाई अंशवण्डामार्फत सम्पत्ति हस्तान्तरण गरी हालको वार्धक्य उमेरमा धार्मिक आध्यात्मिक जीवनयापन गरिरहनुभएको छ।उहाँका जीवनानुभव र उपदेशलाई पछि प्रकाशित हुने ‘रत्नाखर सापकोटाको जीवनी र व्यक्तित्व’ विषयक पुस्तकमा उल्लेख गरिने भएकाले उहाँसँग सम्बद्ध संस्मरणहरू उपलब्ध गराइदिनुहुन सबैमा हार्दिक अनुरोध गर्दछु ।

(लेखक, रत्नाखर सापकोटाका माहिला छोरा हुन् ।)

 

 

 

Share.

Leave A Reply