विश्वमा कोरोनाबाट निको हुने करिब २ करोड पुग्दै

0


गैँडाकोट, २४ भदौ । कोरोना भाइरस विश्वभरि फैलिएको महामारि रोग हो । कुनै पनि औषधि नभएको कोभिड १९ का लागि विना औषधि मानिसहरु निको समेत भइरहेको छन् । सानो संख्यामा होइन । करोडको संख्यामा मानिस निको भएका छन् । सोचे जस्तो खतरनाक रोग नभएको स्वास्थ्यका जानकारहरुले बताउँदै आएका छन् । तर पनि यसबाट बच्न सावधानि भने जरुरी रहेको उनिहरुको भनाइ छ ।

विश्वमा बुधबार दिउँसोसम्म १ करोड ९८ लाख ३४ हजार भन्दा बढी मानिस विना औषधि निको भएका छन् । २ करोड ७७ लाख ४३ हजार संक्रमित पुगेका अवस्थामा करिब २ करोड मानिसहरु निको भइसकेको अवस्था छ । ९ लाख १ हजार ९ सय ३४ जनाको मात्रै ज्यान गएको छ । ज्यान जानेहरु अन्य एक वा दुइ भन्दा बढी रोगभएका व्यक्तिको सख्ंया धेरै रहेको छ ।

अहिले विश्वमा ७० लाख मानिसमा सक्रिय संक्रमण रहेको छ । जसमा ६० हजार ३ सय ९२ को अवस्था क्रिटिकल रहेको छ ।
अमेरिकामा ६५ लाख कुल संक्रमित मध्ये करिब ३८ लाख निको भएका छन् । भारतमा कुल ४३ लाख संक्रमित मध्ये ३४ लाख संक्रमित निको भएका छन् । ब्राजिलमा साढे ४१ लाख संक्रमित मध्ये ३४ लाख संक्रमित निको भएर घर फर्किएका छन् ।

भयावह भयो भनिएको इटालीमा २ लाख ८० हजार संक्रमित मध्ये २ लाख १० हजार निको भएका छन् । इटालीमा अहिलेसम्म ३५ हजार ५ सय ६३ जनाको ज्यान गएको छ । दुइ महिना अघि इटाली संक्रमिति देशहरुको सूचिमा तेस्रो स्थान सम्ममा उक्लिएको थियो । अहिले सूचिमा १९ स्थानमा रहेको छ ।

Share.

Leave A Reply