कोरोना संक्रमण : भारत दोस्रो स्थानमा, ४३ लाख ७० हजार संक्रमित

0


गैँडाकोट, २४ भदौ । भारतमा दिनप्रतिदिन कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ । नेपालसंग खुला सिमाना भएका कारण नेपालका लागि चिन्ताको विषय बनेकोे छ । भारतमा संक्रमण न्यून नभएसम्म नेपालमा संक्रमण न्यूनमा झार्ने संभावना कमै रहेको जानकारहरु बताउँछन् । भारत भने कोरोना संक्रमित बढ्दै जाँदा विश्वको दोस्रो स्थानमा पुगेको छ । वल्र्डमिटरका अनुसार भारतमा बुधबार दिउँसोसम्म ४३ लाख ७० हजार बढीमा कोरोना संक्रमण देखिएको छ । भारतमा अहिलेसम्म ७३ हजार ९ सय २३ जनाले ज्यान गुमाएका छन् । पहिलो स्थानमा रहेको अमेरिकामा ६५ लाख १४ हजार संक्रमित संख्या पुगेको छ भने तेस्रो स्थानमा रहेको ब्राजिलमा ४१ लाख ६५ हजारबढी संक्रमित रहेका छन् ।

Share.

Leave A Reply