गैँडाकोट १४ मा अस्थाइ वडा कार्यलयको उद्घाटन

0


पबित्रा पराजुली
गैँडाकोट , भदौ २४
गैँडाकोट १४ ले आज अस्थाइ वडा कार्यलयको उद्घाटन गरेको छ । श्री राधाकृष्ण मन्दिर भेलेनटाडीले ३ वटा कोठा निशुल्क अस्थायी रुपमा वडालाई दिएपछि वडा कार्यालय सञ्चालनमा आएको हो । वडा अध्यक्ष कोकीसरा राना मगरले आफनै वडामा वडा कार्य सञ्चालनमा आए सगैँ आफनो काम मा पनि धेरै सहज हुने र स्थानीयलाई पनि सजिलो हुने बताउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथी रहनुभएका गैँडाकोट नरपालीका प्रमुख छत्रराज पौडेलले अबको केही समय भित्रमा १८ वटै वडामा अस्थाई रुपमा नै भएपनि एकएक वटा वडा कार्यलयको स्थापना गर्ने बताउनुभयो । त्यस्तै उपप्रमुख बिष्णुकुमारी कंडेलले हरेक वडाका आफनो वडा कार्यलय हुन आवश्यक रहेको र यसको लागी नगरले पनि काम गरिरहेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै गैँडाकोट नगरपालीकाका प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद भुसालले दुख पर्दा जनता हामीलाई खोज्दै आउने होइन की आफुहरु जनता सम्म पूग्नुपर्ने बताउनुभयो ।
स्थानीय सरकार आएको ३ बर्ष पछि गैँडाकोट १४ ले आस्थाइ रुपमा आफ्नै वडामा वडा कार्यलयको उत्घाटन गरेको छ । गैडाकोट १४ मा वन्न लागेको स्वास्थ्य चौकी पूर्ण रुपमा बनेपछि भने स्वास्थ्य चौकीको माथिलो भवनबाट काम सुरु गरिने वडा अध्यक्ष कोरीसरा राना मगरले बताउनुभयो ।

Share.

Leave A Reply