कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ लाख नाघ्यो

0


गैँडाकोट, २४ भदौ । विश्वभरि महामारिको रुप लिएको कोभिड १९ कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको सख्ंया ९ लाख नाघेको छ । वल्र्डमिटरका अनुसार दिउँसो सवा १२ बजेसम्म ९ लाख १ हजार ९ सय २८ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म विश्वभरि ६० हजार ३ सय ९० जनाको अवस्था गम्भिर रहेको छ ।
अमेरिकामा सबैभन्दा धेरै १ लाख ९४ हजार ३७ जनाले ज्यान गुमाएका छन् भने ब्राजिल दोस्रो स्थानमा रहेको छ । ब्राजिलमा अहिलेसम्म १ लाख २७ हजार ५ सय १७ जनाले ज्यान गुमाएका छन् । भारतमा ७३ हजार ९ सय २३ जनाले ज्यान गुमाएका छन् ।

Share.

Leave A Reply