फ्रन्टलाइनका हिरोहरु

0


माया कँडेल
गैँडाकोट । सदाशयी र सदाचारी व्यक्ति कमै मात्र भेटिन्छन् । समाज कोभिड १९ को प्रकोपका कारण शिथिल छ । यस्तो अवस्थामा सद्भाव देखाउनुपर्नेमा नागरिक कसरी कमाउने ? भन्ने ध्याउन्नमा देखिन्छन् । केही विभिन्न बहानामा घुमफिरमा व्यस्त छन् । घरघर चाहार्ने बानीले सङ्क्रमण दरलाई बढावा दिइरहेको छ । सङ्क्रमित र सङ्क्रमितका घर–परिवारलाई गरिने व्यवहारले हैरानी बेहोर्नुपरेको छ । व्यक्तिव्यक्तिबीचको दूरी बढाउनुपर्ने बेलामा सद्भावको दूरी बढिरहेको छ । भौतिक दूरी बढाउनुपर्ने बेला सद्भावको दूरी बढ्दा जीवनयापन गर्न पनि निकै कठिन बन्दै गइरहेको छ । समाजमा राम्रो भाव वा विचार बोकेका व्यक्ति कमै मात्र पाइन्छन् तर केहीले आपूmलाई अग्रपंक्तिमा उभ्याएका छन् । असल नियत, निश्चल विचार र मैत्रीभावना भएका यस्ता केही व्यक्तिले देखाएको सद्भावले नै समाज जीवित छ । कोभिड १९ को सङ्क्रमण नेपालमा दिनप्रतिदिन बढिरहेका सन्दर्भमा यस्ता व्यक्तिले देखाएको सद्भावले सामाजिक खलल हुन पाएको छैन । कोभिड १९ को सङ्क्रमण रोक्न खटिँदा आफै सङ्क्रमित बन्नुपरेको छ तर पनि उनीहरुको सद्भाव कायमै छ । केही यस्ता पात्र छन् जसले सद्भाव देखाइरहेका छन् र सद्भाव कायम राख्न आग्रह गरिरहेका छन् ।
केभिड १९ को सङ्क्रमणबाट बच्न होस् या सङ्क्रमित व्यक्तिको आत्मविश्वास, आत्मबल र ऊर्जा बढाउन सद्भाव जरुरी छ । समुदायमा बसेपछि सङ्क्रमितका परिवारका सदस्यहरुको जिम्मेवारी पनि हाम्रै हो । उनीहरुको हौसलाका लागि पनि सामाजिक सद्भाव जरुरी रहेको छ । सकारात्मक सोचका लागि विजय एफएम र विजय खबरको अभियान जारी छ ।

                         कोभिड १९ को सङ्क्रमणका बीच सद्भाव कायम गर्ने पात्रहरू

बालरोग विशेषज्ञ डा. विश्वबन्धु बगाले 


केभिड १९ कोरोना भाइरसको सङ्क्रमणपश्चात् विश्वमा १ करोड ६० लाख भन्दा बढी व्यक्ति निको भइसकेका छन् । नेपालमा करिब ६० प्रतिशतले कोभिडलाई पराजित गरेका छन् । सकारात्मक सोच र दरिलो आत्मबलले कोरोनालाई सहजै पराजित गर्न सकिन्छ । चितवनका बालरोग विशेषज्ञ डा. विश्वबन्धु बगालेको अनुभव पनि यस्तै छ । स्वास्थ्य कर्ममा खट्दाखट्दै बगाले सङ्क्रमित हुनुभएको थियो । बगालेले आपूm र आफ्नी श्रीमती दुवैलाई सङ्क्रमण भएको थाहा पाएपछि होम आइसोलेसनमा बस्ने निधो गर्नुभयो । उहाँहरुको होम आइसोलेसनको दैनिकी अन्य समयमा भन्दा फरक भयो । नियमित तातोपानीको बाफ लिने र शाकाहारी सामान्य खाना लिने गर्नुभयो ।
कोरोनाको कुनै प्रमाणित औषधि नभएको यस अवस्थामा घरेलु विधि नै डाक्टर बगालेले अपनाउनुभयो । रोग प्रतिरोधात्मक औषधीय गुण भएका खाद्यान्नको सेवन, नियमित व्यायामजस्ता क्रियाकलाप अपनाउनुपर्ने उहाँको सुझाव छ ।
कोरोनालाई पराजित गर्न आत्मबल हुनुपर्दछ नै । आत्मबल अझ बलियो बनाउन समुदायको सद्भावले महŒवपूर्ण अर्थ राख्ने डा. बगालेको अनुभव रहेको छ । यो सङ्क्रमित हो भन्नुभन्दा पनि छिट्टै पराजित गर्न सकिन्छ भन्ने भावना जागृत गर्न जरुरी रहेको उहाँ बताउनुहुन्छ । कोभिड १९ कोरोना भाइरसलाई पराजित गर्नुभएका डा. बगाले केही समयपश्चात नियमित काममा फर्कदै हुुनुहन्छ ।
श्रीमतीको पनि रिपोर्ट नेगेटिभ आउनेबित्तिकै काममा फर्कने र बिरामीको हेरचाह गर्ने बताउनुहन्छ । कोरोना भाइरस एउटा सामान्य सङ्क्रमण हो भन्दै आत्मबल दरिलो बनाएर शारीरिक स्वास्थ्यमा ध्यान दिन सके सहजै जित्न सकिने उहाँको भनाइ छ ।

 

प्राकृतिक चिकित्सालय रजहरकी किचन स्टाफ मीना देवकोटा


प्राकृतिक चिकित्सालय रजहरकी किचन स्टाफ मीना देवकोटाको दैनिकी सङ्क्रमितको हेरचाहमा बित्ने गर्छ । बिहान ५ बजेदेखि बेलुका १० बजेसम्म सङ्क्रमितकै लागि खाना र खाजा बनाउँदै समय बित्ने गर्छ । सङ्क्रमित र उनीहरुका परिवारप्रति सामाजिक विभेदका खबर सार्वजनिक भइरहेका छन् । सङ्क्रमित बसेको टोल र समाजमा जान हुन्न भने अफवाह फैलिँदो छ तर देवकोटालाई भने सुरक्षाका उपायहरू अपनाउँदै काम गर्नुभएको छ । यसमा उहाँ खुसी हुनुहुन्छ । उहाँ भन्नुहुन्छ– “हामीले नगरे कसले गर्ने ? सङ्क्रमितलाई खाना खुवाउन पाउँदा गौरव महसुस हुन्छ ।”
प्राकृतिक चिकित्सालय रजहरमा कोरोना सङ्क्रमितका लागि बिहान ५ बजेदेखि बेलुका करिब १० बजेसम्म नै १० जना किचन स्टाफ मिलेर काम गर्छन । कसरी सङ्क्रमितलाई निको बनाउने ध्येयका साथ दिनरात नभनी काममा खटिएका छन् । बिहानदेखि बेलुकासम्म सङ्क्रमितलाई उहाँले खानाको व्यवस्था यसरी मिलाउँदै आउनुभएको छ ।
पहिलो दिन ३ जना व्यक्ति आइसोलेसन राखेर सुरु भएसँगै सेवा सुरु गर्नुभएका देवकोटाले एकैदिन २ सय ४ जनासम्म सङ्क्रमितलाई खाना खुवाउनुभएको छ । सङ्क्रमितलाई सकारात्मक व्यवहारको आवश्यकता हुने हुनाले माया र हौसला दिनुपर्ने देवकोटाको भनाइ छ । त्यो सद्भाव सबैमा हुनुपर्ने उहाँ बताउनुहुन्छ ।

 

स्वाब सङ्कलक , स्वास्थ्य प्राविधिक नवीना गुरुङ 


गैँडाकोट स्वास्थ्य चौकीकी स्वास्थ्य प्राविधिक नवीना गुरुङ स्वाबकी लडाकु हुन् । १५ सय भन्दा बढी स्वाबसँग लडिसकेकी गुरुङलाई त्यति धेरै डर लाग्दैन । सुरुमा एकदमै डर लागे पनि आफ्नो दायित्व र आफ्नो कर्तव्य उहाँले बिर्सनुभएको छैन । गैँडाकोटमा कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गर्ने कार्यमा गुरुङ अग्रपंक्तिमा हुनुहन्छ । उहाँ गैँडाकोटमा कोरोना सङ्क्रमितसँगै उठबस गरिरहनुभएको छ । उहाँले देखाएको सद्भावले नै आज कोरोना पहिचानमा सहज भएको छ । यसैमा खुसी मान्ने गुरुङ रिस्क ज्यादा भए पनि सुरक्षा सतर्कताका साथ कर्मथलोमा खटिनुभएको छ ।
गुरुङ समाजका केही व्यक्तिले लगाएको लाञ्छना चिर्दै सेवामा खटिनुभएको छ । सुरक्षित राख्न परिवारबाट टाढिएर बस्नुपरेको छ । कोरोनालाई परास्त गर्न सङ्क्रमित र जोखिममा रहेका काम गर्नेहरुलाई हौसला दिनुपर्ने गुरुङको भनाइ छ । स्वाब लिन खटिरहनुभएकी गुरुङ सकारात्मक सोच र हौसला पाए सङ्क्रमित छिटो निको हुने बताउनुहुन्छ ।
समाजमा कोरोना सङ्क्रमित व्यक्ति र परिवारका सदस्यलाई गरिने व्यवहारले लज्जित तुल्याएको बताउने गुरुङ सबैले सद्भाव देखाउन जरुरी रहेको तर्क गर्नुहुन्छ । विभेद होइन सोच बदले सबैको यसैमा भलो हुने उहाँ बताउनुहुन्छ ।

 

 

सञ्चारकर्मी रमेश बस्ताकोटी 


सूचना पाउने हरेक नागरिकको अधिकार हो । सो सूचना उपलब्ध गराउने दायित्वबाट सञ्चारकर्मी विमुख हुन सकेनन् । कोरोना त्रासका बीच रिपोर्टिङमा खटिएका सञ्चारकर्मी सङ्क्रमित बन्न पुगे । कोरोना सङ्क्रमणको समयमा अग्रभागमा रही सञ्चारकर्मीले जोखिम मोलेर निरन्तर सूचना प्रवाह गरिरहेका छन् । समाजको तेस्रो आँखाका रुपमा काम गर्दैगर्दा नवलपुर कावासोतीमा पत्रकार रमेश बस्ताकोटी कोरोना सङ्क्रमित बन्न पुग्नुभयो ।
सङ्क्रमित भएपछि पनि समाजप्रति उहाँको सद्भाव कायमै छ । प्राकृतिक चिकित्सालय रजहरको आइसोलेसनमा रहेका पत्रकार रमेश बस्ताकोटीले आपूm सङ्क्रमित भए पनि आफ्नो कर्मलाई भने भुल्नुभएको छैन । सङ्क्रमितलाई हेर्ने नकारात्मक दृष्टिकोण परिवर्तन गर्न उहाँको कलम रोकिएको छैन ।
समाजमा कोरोना सङ्क्रमित र उनीहरुको परिवारलाई हेर्ने दृष्टिकोण नकारात्मक छ, यो अहिलेको सामाजिक अवस्था हो । अहिले भएको सामाजिक विभेदका विरुद्ध सबैले आवाज उठाउनुपर्ने पत्रकार बस्ताकोटीको भनाइ छ । सङ्क्रमितलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न विश्व लडिरहेका समयमा सबैको साथ र सहयोग आवश्यक रहेको उहाँको तर्क छ ।
कोभिड १९ का सङ्क्रमितलाई हौसला मात्रै होइन सामाजिक सदभाव कायम राख्न जरुरी छ । यसले पनि कोरोनालाई परास्त गर्नका लागि सङ्क्रमितको मनोबल बढ्ने बताउनुहुन्छ पत्रकार बस्ताकोटी । उहाँसँगै अन्य पत्रकारले पनि यो सद्भाव कायम राखिरहेका छन् । सबैले आआफ्ना स्थानबाट सहयोग गर्न सके एकदिन पक्कै कोरोनालाई जित्न सकिनेछ भन्ने कुरामा विश्वास राख्ने उहाँ हामी सबै एकजुट बनी समाजमा सद्भाव बाँड्नुपर्ने विचार व्यक्त गर्नुहुन्छ ।

 

एम्बुलेन्स चालक सन्तोष थापा मगर 


कोरोना सङ्क्रमित हुनेबित्तकै पहिलो सम्पर्कमा आउने व्यक्ति नै एम्बुलेन्स चालक हुन् । घरदेखि आइसोलेसन होस् वा क्वारेन्टिनसम्म पु¥याउने सारथि नै एम्बुलेन्स चालक हुन् । गैँडाकोटको हकमा गैंडाकोट ४ का सन्तोष थापा मगरले साहस र सर्तकता प्रर्दशन गर्दै अग्रपंक्तिमा आपूmलाई उभ्याउनुभएको छ । समाजका सबैजना सङ्क्रमित र सङ्क्रमितका परिवारसँग नकारात्मक व्यवहार गरेको अहिलेको अवस्थामा गैंडाकोट ४ का एम्बुलेन्स चालक सन्तोष थापा मगर भने बिरामीको सेवा गर्छु भन्दै अहिले कोरोना सङ्क्रमितलाई अस्पताल र आइसोलेसन पु¥याउँदै आउनुभएको छ ।
कोरोना सङ्क्रमित र सङ्क्रमितका परिवारसँग नकारात्मक व्यवहार गरेको अहिलेको अवस्थामा मगर भने बिरामीको सेवा गर्छु भन्दै आपूmलाई सेवाभावमा राख्नुभएको छ । कोरोना सङ्क्रमितलाई अस्पताल र आइसोलेसन पु¥याउने व्यक्ति हो, यो बाटो नहिँड भन्दा आपूmलाई दुःख लागेको मगर बताउनुहुन्छ । सचेत हुने हो तर अपहेलना र दुव्र्यवहार गर्ने होइन, यसले नकारात्मक असर गर्ने उहाँको ठम्माइ छ ।
कोरोना जोसुकै व्यक्तिलाई लाग्न सक्ने हुनाले सजग र सचेत रहनुपर्छ । आपूm र आफ्नो परिवारलाई भोलि कोरोना लागे र अरु व्यक्तिको नकारात्मक व्यवहारले पार्ने असर मनन गरी सकारात्मक व्यवहार र सदभाव समाजमा फैलाउनुपर्ने मगरको भनाइ छ ।
किसान साकोसको एम्बुलेन्स चलाउँदै आउनुभएका सन्तोष थापा मगरको सुरक्षा पीपीइ (पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्ट) ड्रेसले गरिरहेको छ । एम्बुलेन्सको पनि फुल पार्टेसन गरिएको छ । यसरी नै सुरक्षित रहेर सेवा दिएको मगरले बताउनुभयो ।
कोरोना सङ्क्रमितसँगै अग्रपंक्तिमा रहेर काम गर्ने एम्बुलेन्स चालकको मनोबल बढाउन सकारात्मक सन्देश प्रवाह गरी समाजमा एकअर्काका लागि सद्भाव कायम गर्न जरुरी रहेको उहाँ बताउनुहुन्छ ।

 

इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख चन्द्रबहादुर थापा


कोरोना कहरका बीच प्रहरीले दिनरात नभनी काम गरिरहेका छन् । समाजका पहरेदारका रुपमा रहेका प्रहरी यसपटक सबैभन्दा बढी जोखिममा रहेका छन् । नागरिकसँग प्रत्यक्ष सम्पर्कमा आउनुपर्ने प्रहरी कोरोना कहरमा पनि सचेत गराउने र नियम नमान्नेलाई कारवाहीका लागि काम गरिरहेका छन् । इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख चन्द्रबहादुर थापासहितका प्रहरी पनि अहिले काममा खटिरहनुभएको छ । स्थानीयलाई कोरोनाबाट सुरक्षित रहन आग्रह गर्दै सुरक्षित भएर स्थानीय सरकार सँगको समन्वयमा काम गरिरहेको उहाँ बताउनुहुन्छ ।
नेपाल प्रहरीले जहिले र जुन अवस्थामा पनि नागरिकको सुरक्षाका लागि काम गरिरहेको हुन्छ । राष्ट्र र जनताप्रतिको दायित्व निर्वाह गरिरहेको थापाले बताउनुभयो । फ्रन्टलाइनमा बसेर काम गरिरहेका प्रहरी पनि कोरोना सङ्क्रमित छन् । गैँडाकोट इलाका प्रहरी कार्यालयका प्रहरीमा कोरोना पुष्टि भएपछि प्रहरी कार्यालयलाई नै क्वारेन्टिन बनाएर अप्रत्यक्ष जनतालाई सेवा दिएका थिए । अहिले उहाँहरु निको भइसक्नुभएको छ । समाजमा फ्रन्टलाइनमा काम गर्ने र सङ्क्रमितलाई हेर्ने दृष्टिकोट परिवर्तन गर्न आवश्यक रहेको थापाको भनाइ छ ।
कोरोना सङ्क्रमितलाई सद्भाव र मायाको खाचो हुनाले यो संस्कार कायम राख्न जरुरी रहेको थापाको तर्क छ । उहाँका अनुसार व्यक्तिभन्दा पनि रोगप्रतिको दृष्टिकोण परिवर्तन गर्न आवश्यक रहेकोमा जोड दिनुहुन्छ ।
कोरोना भाइरसको महामारी विश्वभरि फैलिएको छ । जनतालाई घरभित्रै बसेर सुरक्षित रहनुस् भन्ने प्रहरी भने आफै फिल्डमा खटिएर जोखिम मोल्दै जनताको सुरक्षाका लागि काम गरिरहेका छन् । प्रहरी र सुरक्षाकर्मीलाई झुक्याएर बाहिर निस्कन्छु भन्दा हामी आफैलाई रोगले झुक्याउन सक्छ । तसर्थ यतिबेला प्रहरी सुरक्षाकर्मीप्रति सद्भाव कायम राख्दै सबै सचेत बन्नुपर्ने आवश्यकता रहेको उहाँ बताउनुहुन्छ ।

 

स्वास्थ्यका योद्धा डा. गंगा सापकोटा


विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका सर्जन डा. गंगा सापकोटा कोरोना त्रासका बीच पनि बिरामीको हेरचाह गर्ने अग्रपंक्तिका चिकित्सक हुन । मानवीय धर्म र पेसाप्रतिको कर्म उहाँको रोजाइमा छ । बिरामीको उपचार गर्दागर्दै कोरोना सङ्क्रमितसँगको कन्ट्रयाक्ट ट्रेसिङमा परेपछि अहिलेसम्म ४ पटक क्वारेन्टाइनमा बस्नुभएका सर्जन डा. सापकोटा बिरामीको सेवा गर्नमा नै खुसी मिल्ने बताउनुहुन्छ ।
कोरोना सङ्क्रमणको जोखिममा स्वास्थ्यकर्मीले दिनरात र परिवार पनि नभनी सेवा दिइरहेका छन । डा. सापकोटा आपूm आइसोलेसनमा रहँदा पनि बिरामीको सेवामा लागिरहनुभएको थियो । भाइबर र म्यासेन्जरबाट नै बिरामीलाई परामर्श दिने उहाँ कोरोना रिपोर्ट नेगेटिभ आएसँगै शुक्रबारबाट नै नियमित सेवामा खटिनुभएको छ ।
अहिलेको समयमा अग्रपंक्तिमा काम गर्ने जोसुकै व्यक्तिको हौसला बढाउन आवश्यक रहेको उहाँ बताउनुहुन्छ । डा. सापकोटाले अग्रभागमा काम गर्ने स्वास्थ्यकर्मीलाई सुरक्षाकवच आवश्यक मात्रामा दिनुपर्ने बताउनुभयो । कोरोनासँग डराएर नभई सद्भावसँगै समयमा सङ्क्रमित व्यक्तिलाई सहयोग गर्नुपर्ने डा. सापकोटा बताउनुहुन्छ । सबैभन्दा ठूलो मानवता भएको हुनाले मानवताले रोगसँग लड्न हौसला प्रदान गर्ने उहाँको भनाइ छ ।
स्वास्थ्यकर्मी सुरक्षित भएर सङ्क्रमितको उपचारमा खटिएका छन् । उनीहरुको साहसलाई सम्मान गर्दै हामीले पनि सहयोगी भाव मनमा जगाउनुपर्छ ।

 

 

Share.

Leave A Reply