गैँडाकोटमा कोरोना सङ्क्रमितमध्ये समुदायस्तरका ५१ प्रतिशत

0

प्रेम क्षेत्री
गैँडाकोट । गैँडाकोट नगरपालिकामा ५१ प्रतिशत कोभिड १९ को सङ्क्रमण समुदायस्तरमा देखिएको छ । गैँडाकोटमा बुधबारसम्म सङ्क्रमित १२४ जनामध्ये ६४ जना समुदायस्तरका रहेका छन् ।
जिल्लामा रहेका सबै पालिकाहरुमध्ये गैँडाकोटमा सबैभन्दा बढी सङ्क्रमित रहेका छन् । अहिले पनि नगरपालिकामा कोभिड १९ सक्रिय सङ्क्रमितको सङ्ख्या ५६ रहेको छ । १ जनाको मृत्यु भएको छ । हालसम्म आइसोलेसनमा बसी घर फर्किएकाको सङ्ख्या ६७ रहेको गैँडाकोट नगर स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले जानकारी दिनुभयो ।
नगरपालिकामा हालसम्म मात्र १ हजार ५ सय ६ जनाको पिसिआर विधिबाट परीक्षण भएको छ । यसमध्ये ३ सय ६७ जना क्वारेन्टाइनमा रहेकाहरु थिए । अन्य परीक्षण सङ्क्रमित व्यक्तिको कन्ट्रयाक टे«सिङमा आएकाहरु बढी थिए भने केही समुदायस्तरमा गरिएको परीक्षण थियो । सोमबार मात्रै ४ जना क्वारेन्टाइनमा बसेका सहित ३३ महिला र ६४ पुरुष गरी ९७ जनाको स्वाब सङ्कलन गरी परिक्षणका लागि पोखरा पठाईएको स्वास्थ्य शाखा प्रमुख पौडेलले जानकारी दिनुभयो । उनिहरुको नतिजा भने आईपुगेको छैन ।
गैँडाकोट नगरपालिकामा रहेका १३ हजारभन्दा बढी घरधुरीका ६५ हजारभन्दा बढी र बाÞय क्षेत्रबाट आई बसोवास गर्नेको सङ्ख्या हेर्ने हो भने त्यो बढी छ । जिल्लाका अन्य पालिकाको तुलनामा परीक्षण बढी भए पनि नगरपालिकामा गरिएको परीक्षणलाई हेर्ने हो भने यो निकै न्यून सङ्ख्या हो भनेर आलोचना हुने गरेको छ ।
गैँडाकोटका ११, १६ र १८ गरी ३ ओटा वडामा भने हालसम्म सङ्क्रमण देखिएको छैन ।

Share.

Leave A Reply