चितवनका ११ जनामा कोरोना संक्रमण पुष्टी

0

चितवन, २४ भदौ । चितवनका थप ११ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशालामा भएको स्वाव परीक्षणमा भरतपुर महानगरपालिकाका मात्रै ९ जनामा संक्रमण देखिएको प्रयोगशाला प्रमुख डा नीतु अधिकारीले जानकारी दिनुभयो । जसमा २ पुरुष र ७ महिला रहेका छन् । त्यस्तै माडी नगरपालिकाका २ पुरुषमा संक्रमण देखिएको छ । त्यस्तै सिन्धुपाल्चोक जिल्लाका १ पुरुषमा पनि सक्रमण पुष्टी भएको प्रयोगशालाले जनाएको छ । प्रयोगशालामा हिजो २५७ वटा स्वाव परीक्षण भएको थियो । वाँकी स्वावको रिपोर्ट भने नेगेटिभ रहेको छ ।

Share.

Leave A Reply