देवचुलीका कोरोना संक्रमित पुरुषको भरतपुर अस्पतालमा मृत्यु

0

गैंडाकोट, २४ भदौ । नवलपुरको देवचुली नगरपालिकाका एक जना कोरोना संक्रमित पुरुषको चितवनमा मृत्यु भएको छ । वडानम्वर १ का ६४ वर्षीय पुरुषको उपचारको क्रममा हिजो भरतपुर अस्पतालमा अपरान्ह ५ बजेर ३० मिनेट जाँदा मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।

किड्नी फेल भई डायलासिस गराउँदै आउनुभएको ती पुरुषमा गत भदौ १७ गते कोरोना भाइरसको सक्रमण पुष्टी भएको थियो । भरतपुर अस्पतालमा पनि डायलासिस सहित कोभिड आइसीयुको भेन्टिलेटरमा राखि उपचार जारी हुँदा आज मृत्यु भएको हो । उहाँमा निमोनियाको कडा सक्रमण समेत थियो ।

यो सहित नवलपुरमा मृत्यु हुने कोरोना संक्रमितको कुल सख्या ३ पुगेको छ । यसअघि विनयी त्रिवेणी र गैडाकोटका १/१ जनाको मृत्यु भएको थियो । चितवनमा जिल्लामा भने मृत्यु हुने कोरोना संक्रमितको कुल सख्या २३ पुगेको छ । जसमा चितवनका १२, नवलपुरका ३, हेटौडाका ५, गोरखा, वारा र कैलालीका १/१ जना संक्रमितको ज्यान गएको छ ।

Share.

Leave A Reply