भलको दीर्घकालिन निकास नहुँदा गैंडाकोट सधैँ डुवानमा

0

गैंडाकोट, २४ भदौ । गैंडाकोटमा भलको दीर्घकालिन निकास नहुँदा वस्ती क्षेत्र सधैँ डुवानमा पर्ने गरेको छ । लगातार परेको वर्षाबाट सृजित भल निकास गर्ने गैंडाकोटमा उचित नाला नभएकै कारण नगरवासी रातभर जागराम वस्नुपरेको हो ।

स्थानीय सरकार आएको लामो समय भएपछि कहिलेकाहिँ आउने भल निकासको उचित व्यवस्थापन नहुदा जहिल्यै उस्तै समस्याबाट उनीहरु समस्यामा रहेका छन् । विशेषगरी गैंडाकोट ४ झपर्दीका वस्ती डुवानमा पर्नुको कारण बताउँद वडाअध्यक्ष कृष्णप्रसाद न्यौपानेले वडानम्वर १ र २ ले भल व्यवस्थपन नगर्दा ४ ले दुख पाउनुपरेको बताउनुभयो ।

१ र २ को सवै भल चारमा आएका कारण नै यहाँ जलमग्न भएको बताउनुभयो । यस विषयमा नगरप्रमुखले विशेष चासो दिएर आवश्यकता अनुसार बजेट छुट्याएर बैठक वसी समाधान नखोज्दा सम्म यही समस्या दोहोरिरहेन उहाँको भनाई छ । केही समय पहिले पनि घरभित्र पानी पसेर ३,४ दिनपछि वल्लतल्ल निकास पाएको गैंडाकोट २ र ४ का वस्तीभित्र भल पसेको छ भने पानी ताल्लिएर हिँडडुल गर्न नसकिने अवस्था छ ।

समृद्ध गैंडाकोट महाअभियान जारी रहेको बताएपनि नगरवासीले भल निकास नहुँदै सास्ती खेप्नु परेको छ । विशेष गरी नमुना वोर्डिङ स्कुलदेखि जनक माविबाट भित्र झपर्दी वस्ती , कालिगण्डकी चोक, वडानम्वर ४ तर्फको मुख्य राजमार्ग छेउका पसलहरुपनि पुरै डुवानमा परेका छन् । राति साँढे ११ बजेदेखि भल पसेको स्थानीयले बताएका छन् ।

यता गैंडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलले भल निकासमा नगरपालिकाले कार्य गरेपनि सडक विस्तारमा ढिलाई हुँदा समस्या भएको बताउनुभयो । गैंडाकोट २ को भल बालविकास वोडिङ हुँदै भृकुटी सम्म ल्याइएको र त्यहाँबाट नारायणी नदीमा पु¥याउन ५० लाख बजेट विनियोजन भएपनि काम हुन नसकेको जानकारी दिनुभयो । सडक विस्तारको कार्य सकिनासाथ यो कार्यले पूर्णता पाउने र समस्याको समाधान हुने बताउँदै अहिले अस्थायी बाट पानी निकास गराउन आफूले निर्देशन दिइसकेको विजय एफएमलाई बताउनुभयो ।

Share.

Leave A Reply