हराएकी शर्मा चितवनमा भेटिइन

0

गैंडाकोट, २४ भदौ । गत साउन २० गतेदेखि हराएकी बाग्लुङकी सुरक्षा शर्मा भेटिएकी छन् । नवलपुर प्रहरीले चितवनमा फेला पारेको हो । उनी कावासोती फलफूल चोकबाट हराइएकी थिइन । १८ वर्षीय छोरी हराएपछि  खोजी गरिदिन परिवारले साउनको २५ गते जिल्ला प्रहरी कार्यालय नवलपुरमा निवेदन दर्ता गराएका थिए । प्रहरी प्रशासनले मोबाइल ट्रेकिङको आधारमा हिजो चितवनबाट फेला पारेको हो । गत २० गते फलफुल चोकबाट आमालाइ अन्तिम फोन गरेकी उनी त्यही दिन चितवनको सौराहा गएकी थिइन ।  जिल्ला प्रहरी कार्यालय नवलपुरले उनलाई परिवारको जिम्मा लगाएको छ ।

Share.

Leave A Reply