चितवनका सीडीओ भट्टराइले समाचारको विषयमा पत्रकारलाई थर्काएको भन्दै प्रेस युनियन चितवनको आपत्ति

0

चितवन, २३ भदौं । बढी मूल्य लिएर सहकारीले किसानलाई मल विक्रि गरिरहेको र त्यसमा प्रशासनले के गर्छ भनी पत्रकारले प्रश्न गर्दा चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले धम्कीपूर्ण भाषा प्रयोग गरेको भन्दै प्रेस युनियन चितवनले आपत्ति जनाएको छ ।

प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकालद्धारा हस्ताक्षर गरी आज जारी विज्ञप्तिमा रत्ननगर नगरपालिका–१ मा रहेको निर्मल बहुउद्देश्यीय सहकारीले अनुदानको मल महंगोमा बिक्री गरेको विषयमा प्रमुख जिल्ला अधिकारी भट्टराईसँग जानकारी लिन खोज्दा न्यूज २४ टेलिभिजनका चितवन संवाददाता केदार शर्मालाई धम्कीपूर्ण भाषा प्रयोग गरेको भन्दै सो घटनाप्रति युनियनको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

विज्ञप्तिमा कालिका अनलाइन दैनिकका प्रधान सम्पादक शिशिर सिंखडाप्रति पनि प्रमुख जिल्ला अधिकारीको व्यवहार आपत्तिजनक रहेको जनाइएको छ । उक्त सहकारीको नेतृत्व गरेका रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीको विषयमा अनुसन्धान गर्नुको सट्टा उल्टै समाचार लेख्ने पत्रकारलाई धम्क्याउने कार्य निन्दनीय भएको भन्दै घटनाको दोषी पत्ता लगाइ कारबाही गर्न सरकारसँग माग पनि गरेको छ ।

सूचना दिनेलाई प्रोत्साहन गर्नुपर्नेमा हतोत्साहीत गराउने चितवन प्रशासनप्रति जनता शसंकीत वनेको भन्दै पत्रकारिताका लागि स्वतन्त्र वातावरण बनाउन पनि युनियनले माग गरेको छ ।

Share.

Leave A Reply