नेपाली काँग्रेस महामन्त्री डा कोइरालालाई कोरोना संक्रमण

0

२३ भदौ । नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कोरोनाको आशंकामा स्वाब परीक्षण गर्दा आज रिपोर्ट पोजेटिभ आएको डा कोइरालालो फेसवुक मार्फत जानकारी दिनुभएको छ ।

कोइरालालाई सोमबार ज्वरो आएपछि ह्याम्स अस्पतालमा परीक्षण गराउँदा रिपोर्ट बोर्डर लाइनमा देखिएको थियो । त्यसपछि पुनः स्वाव संकलन गरेर सानेपास्थित स्टार अस्पतालमा परीक्षणका लागि पठाउदा रिपोर्ट पोजेटिभ आएको हो ।

आफूलाई कुनै पनि स्वास्थ्य समस्या नरहेको डा कोइरालाले फेसवुकमा स्टाटस लेखि जानकारी दिनुभएको छ ।

Share.

Leave A Reply