कोभिड १९ हुँदा शरीरमा के हुन्छ ?

0

विजय खबर

गैँडाकोट । विश्वभरि महामारीको रुप लिएको कोभिड १९ ले गम्भीर मोड लिएको छ ।कोभिड १९ ले मानिसलाई कुन किसिमले असर पु¥याउँछ, अहिले नै प्रस्ट भन्न सक्ने अवस्था नरहेको चिकित्सकहरुको भनाइ छ । स्वास्थ्य क्षेत्रका विज्ञहरुले अहिलेलाई तत्काल विभिन्न किसिमले असर पु¥याउने बताउँदै आएका छन् । धेरै जनामा यस रोगको लक्षण नै देखिँदैन तर केही मानिसलाई हप्तौँ अस्पतालमा राख्नुपर्दछ ।

करिब दुई हप्तादेखि कोभिड जिल्ला अस्पताल रजहरको आइसोलेसनमा छु । मेरो स्वास्थ्य अवस्था ठीक रहेको छ । मलाई कुनै पनि किसिमको स्वास्थ्य असहजता भएको छैन । लामो समयदेखि कोभिडको कुनै लक्षण छैन । यहाँ रहनुभएका साथीहरुमा विशेष प्रकारको कुनै पनि लक्षण देखिएको छैन । केही साथीहरुमा हल्का टाउको दुख्ने, पखाला लाग्ने देखिएको छ । डाक्टरका अनुसार उहाँहरुको आउँदा आउँदै मनोबल कम भएको हुँदा त्यस्तो भएको देखियो तर पछि ठीक हुनुभएको छ । समग्रमा साथीहरुमा गम्भीर लक्षण देखापरेको छैन ।  पत्रकार हिमालदेव पंगेनी

 

 

म अहिले तीन हप्ताभन्दा बढी रजहरकै आइसोलेसनमा बसिरहेको छु । मलाई अहिलेसम्म कुनै पनि किसिमको लक्षण देखापरेको छैन । मेरो स्वास्थ्य अवस्था ठीक छ । म स्वस्थ छु । म घर जानका लागि नेगेटिभ रिपोर्टको मात्र प्रतीक्षामा छु । आइसोलेसनमा रहेका बिरामीहरुको सामान्य व्यवस्थापनमा दिन बिताउने गरेको छु ।
– पत्रकार सागर पोखरेल

 

 

कोभिड १९ सबै व्यक्तिमा एकै प्रकारको अवधिसम्म सङ्क्रमण रहेको पाइँदैन । कतिपयमा लामो समय सङ्क्रमण रहेपनि कतिपयमा चाँडै निको हुने देखिन्छ । आत्मविश्वास, आत्मबल, नियमित व्यायाम, योगका कारणले १०÷११ दिनमा समेत सङ्क्रमित निको भएर घर फर्किने गरेका छन् ।

 

म गैँडाकोटको स्थानीय बासिन्दा हुँ । म दुबईमा कार्यरत थिएँ । कम्पनीमा काम रोकिएपछि नेपाल फर्किएँ । नेपाल फर्किएर होम क्वारेन्टिनमा बसेँ । १० औँ दिनमा स्वाब दिएँ । १२ औँ दिनमा रिपोर्ट पोजेटिभ आयो । रजहर प्राकृतिक चिकित्सालयको आइसोलेसनमा बसेँ । ११ दिनसम्म रजहरमा आयुर्वेदिक तरिकाबाट उपचार भयो । योग र ध्यानको साधना सिकाइएको थियो। सोही अनुसरण गरेँ । त्यसपछि रिपोर्ट नेगेटिभ आयो । ११ औँ दिनका दिन निको भएर घर फर्किएँ । पहिले पनि कुनै लक्षण थिएन । अहिले पनि कुनै समस्या छैन । एकदम स्वस्थ छु । कोभिडका विषयमा सचेत रहन म सबैलाई सुझाव दिन्छु ।
स्थानीय बासिन्दा काशिराम शर्मा

 

कोभिडले शरीरमा कस्तो असर पार्दछ त ?कोरोना भाइरस नाक, मुख, आँखाबाट शरीरभित्र छिर्दछ भनिन्छ ।सुरुमा यो नाक, घाँटी र श्वासनली र फोक्सोको सतहमा भएका कोषहरुमा टाँसिन्छ । भाइरसले ती कोषहरुमा बसेर आफ्नो संख्या विस्तार गर्दछ ।
गम्भीर सङ्क्रमण हुँदा मानिसमा ज्वरो र खोकी लाग्दछ ।बिस्तारै श्वास फेर्न गाह्रो पर्दछ ।यो भाइरसले फोक्सोको सतहमा भएका रक्तनलीमा क्षति पु¥याउन तथा रगत जम्ने क्रम सुरु गराउन सक्दछ ।फोक्सोमा हुने ससाना कक्षबाट रगतमा अक्सिजन जान्छ । तिनमा जलन र सुजन भयो भने निमोनिया पनि हुन सक्दछ ।

कोरोनाको सङ्क्रमणको सम्भावना जोकसैलाई पनि हुन सक्छ । यसको असर सबैमा उस्तै भने हुँदैन। कोरोनाको सङ्क्रमणले फोक्सो र छातीमा बढी असर देखिएको छ । यसले एक प्रकृतिको निमोनिया पनि बनाउने गरेको छ । अझ दीर्घरोगीहरुमा कोरोनाको सङ्क्रमण हुँदा रोगसँग लड्न गाह्रो हुन सक्छ । अहिले यही पनि देखिएको छ । जस्तैः मुटुसम्बन्धी रोगहरु (उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, एथेरोस्क्लेरोसिस आदि), मधुमेह, फ्याटि लिभर आदि। यस्ता रोगहरुबाट ग्रसित बिरामीहरुमा बढी अस्पतालमा भर्ना हुनुपर्ने र मृत्यु हुन सक्ने सम्भावना पनि बढी देखिएको छ ।यसका साथै ट्युबरक्युलोसिस, क्यान्सरका बिरामीमा पनि रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले सङ्क्रमणको जोखिम उच्च रहेको छ । त्यसैले सबै सचेत बनौँं । हेलचक्र्याइँ नगराँै ।
– डा. गंगा सापकोटा

 

सिकिस्त परेका बिरामीलाई अक्सिजन दिनुपर्ने हुन्छ किनभने फोक्सोमा विकार र तरल पदार्थ जमेको हुन्छ ।कोभिड १९ ले केबल फोक्सोमा मात्र असर गर्दैन, यसले शरीरको प्रतिरोध क्षमतालाई छिन्नभिन्न पार्न सक्छ ।शरीरले बनाउने साइटकाइन नामक सूक्ष्म प्रोटिनले सङ्क्रमण पत्ता लगाउँछ ।

तर गम्भीर भएका बिरामीमा यो प्रणाली अति सक्रिय हुन सक्छ ।यदि धेरै साइटकाइन उत्पादन भयो भने त्यसले शरीरका स्वस्थकोषलाई नै हानि पु¥याउन सक्छ ।अति गम्भीर बिरामीमा हुने त्यो प्रक्रियालाई साइटकाइन स्टोर्म भनिन्छ ।

कोभिड १९ का बिरामी मूच्र्छा पर्ने वा पूरै कोमामा जाने पनि हुन सक्दछ ।यसले मस्तिष्कमा विभिन्न समस्या र मस्तिष्काघात पनि गराउन सक्छ ।प्रतिरोध प्रणाली अति सक्रिय हुँदा शरीरभित्रै रगत जम्न सक्दछ ।यसले शरीरमा राम्रोसँग रगतको आपूर्ति नहुन सक्छ ।
मस्तिष्कको सुजन, विक्षिप्तता, र विस्मृतिजस्ता लक्षणहरु देखिन सक्छन् ।गम्भीर बिरामी पर्न सक्छन् ।औसतमा सङ्क्रमित व्यक्तिहरु १४ दिन बिरामी पर्न सक्दछन् तर धेरै मानिसहरुमा लामोसमय लक्षण देखिन सक्दछ ।श्वास फेर्न कठिनाइ र थकान केही व्यक्तिमा महिनौँसम्म हुन सक्दछ ।

 

म कोरोना सङ्क्रमणपश्चात निको भएको व्यक्ति हुँ । मलाई निको भएको एक महिना हुँदासम्म अहिले पनि हल्का थकान महसुस गर्ने गर्दछ तर यसलाई सामान्य रुपमा समेत लिने गर्दछु । कोभिड १९ लाई मानिसहरुले केही होइन भन्ने खालको टिप्पणी गरेको सुन्ने गरेको छु । यसलाई हल्का रुपमा पनि नलिनुहोस् र यसलाई गम्भीर रुपमा पनि नलिनुहोस् तर तपाईं र तपाईंको परिवारको स्वास्थ्यका लागि सदैव सचेत रहन भने जरुरी छ । स्थानीय

 

गम्भीर लक्षण देखिने सम्भावना भएका व्यक्तिमा पाका उमेर भएका व्यक्ति र स्वास्थ्य समस्या भएका व्यक्ति छन्तर कसको शरीरमा के हुन्छ भन्ने सङ्क्रमण नभई थाहा हुँदैन । त्यसैले आफू सुरक्षित रहने उपाय गर्नु राम्रो हुन्छ ।

 

 

(स्रोत ः बिबिसी नेपाली सेवामा प्रसारित सामाग्रीको सहयोगमा विजय खबर पत्रिकाको टिमले तयार पारेको सामाग्री)

 

 

 

 

Share.

Leave A Reply