ढोरपाटनका बाढी पहिरो पीडितलाई युएसएआइडीको सहयोग

0

२३ भदौ । युयसएआईडीले ढोरपाटनका बाढी पहिरो पीडितलाई राहत सामाग्री सहयोग गरेको छ । सोमवार आयोजित कार्यक्रममा सहमति संस्था गैडाकोट नवलपुर र लुथरन वल्र्ड रिलिफ ललितपुरको संयुक्त समन्वयमा पलाष्टिक त्रिपाल ९६ थान,१० लिटर पानी अटाउने प्लाष्टिकका ग्यालिन १ सय ९२ थान ढोरपाटन नगरपालिकाका नगरप्रमुख देव कुमार नेपालीलाई सहमति संस्था गैडाकोट नवलपुरका अध्यक्ष करुणा सागर सुवेदी र निबर्तमान अध्यक्ष होमनाथ सुवेदीले संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको हो । विपतको समय दैनिक जीवनयापनमा सहजता हुने गरी सहयोग गरेको सुवेदीको भनाई छ ।

सोहि अवसरमा ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपालीले अमेरीकन जनताको सहयोगले विपतका बेला विस्थापित पिडितहरुका लागि तत्कालै प्रयोग हुनेखाले राहत सामाग्री सहयोग पाएकोमा आभार व्यक्त गर्नुभयो । साथै धेरै टाढादेखि आएर हस्तान्तरण गरिएको सामाग्रीले पीडितहरुका लागि ठूलो सहयोग पुग्ने बताउनुभयो ।

बाग्लुङ जिल्लाका लागि विपतमा आपतकालिन सहयोग अन्तर्गत अमेरीकन जनताको सहयोगमा सामाग्री हस्तान्तरण गरिएको संस्थाका निबर्तमान अध्यक्ष होमनाथ सुवेदीले बताउनुभयो ।

 

गत बुधवार राती अविरल बर्षासँगै आएको बाढी पहिरोले ढोरपाटन नगरपालिकामा ठूलो मात्रामा जनधनको क्षति पुगेको थियो भने ढोरपाटन नगरपालिकाको बोबाङमा आएको बाढि र पहिरोले धेरै घरपरिवार विस्थापित भएका छन् । बाढी पहिरोले सो क्षेत्रमा रहेका विद्युत,झोलुङ्गे पुल, विद्यालय समेत बगाएको छ ।

Share.

Leave A Reply