देशभरि २४ घण्टामा २२८७ निको भए, ९०२ जना संक्रमित थप, छ जनाको मृत्यु

0

गैँडाकोट, २३ भदौ । मङ्गलवार २४ घण्टामा नेपालमा २,२८७ जना सङ्क्रमित रोगमुक्त प्रमाणित भएका छन् । यो संगै नेपालमा कोभिड १९ बाट रोगमुक्त हुनेको संख्या ३२,९६४ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभएको छ । यस थप ९०२ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । यो वृद्धिसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ४८,१३८ पुगेको छ । अहिले देशभरि १४,८६८ जनामा सक्रिय सङ्क्रमण छ।  २४ घण्टामा  छ जनाको मृत्यु भएको छ । मृत्यु हुनेको संख्या नेपालमा ३ सय ६ पुगेको छ ।

सङ्क्रमितमध्ये सिकिस्त बिरामी परेका १४४ सङ्क्रमितलाई सघन उपचार उपलब्ध गराउनुपरेको र २३ जनालाई भेन्टिलेटरमा राखिएको मन्त्रालयले जनाएको छ । सघन उपचार आवश्यक परेका र भेन्टिलेटरमा भएका बिरामीहरूको सङ्ख्या वाग्मती प्रदेशमा सर्वाधिक छ ।

 

Share.

Leave A Reply