विकल्प सिंहदरबारमा छैन, विकल्प सिक्ने र सिकाउने ठाउँमा छन्

0


गैँडाकोट २३, भदौ । शिक्षा क्षेत्रमा कलम चलाउने बरिष्ठ पत्रकार राजेन्द्र दहालले बालबालिकाको सिकाई प्रक्रियालाई अघि बढाउन कोभिडले नछेक्ने बताउनुभयो । दाहालले कोभिड १९ को संक्रमणले अरु सबै चीज चलेको छ, तर शिक्षण कार्य ठप्प पारिनु राम्रो नभएको बताउनुभयो । दाहालले भन्नुभयो “अहिले जनमानसमा खानपान रोकिएको छैन, नजिकका घुमघाम रोकिएको छैन, सरकारी कामकाज रोकिएको छैन, चाडपर्व मनाउने क्रम रोकिएको छैन । सबै चलिरहेको छ । सिकाइ प्रक्रिया मात्र स्थगित गर्नु अनौठो विषय भएको छ ।” दाहालले बैकल्पिक सिकाइ प्रक्रियाका लागि स्थानीय तहबाट काम अघि बढाउन सकिने भन्दै केन्द्रको मात्र बाटो हेर्न नहुने बताउनुभयो । यस विषयमा दाहालले भन्नुभयो “ वैकल्पिक शिक्षण सिकाइहरुका सन्दर्भमा विकल्पहरु सिंहदरबारमा छैन, विकल्प सिक्ने र सिकाउने ठाउँमा छन् ।” तसर्थ यता तर्फ कदम चाल्न ढिला भएको समेत दाहालले बताउनुभएको छ ।

५४ औं विश्व साक्षरता दिवसका अवसरमा“कोभिड १९ को संकट र तत्पश्चातको सन्दर्भमा साक्षरता शिक्षण तथा सिकाईमा शिक्षाकर्मीको भुमिका” विषयक भर्चुअल संवादआयोजक ः शिक्षाका लागि राष्ट्रिय अभियान, नवलपुरसहकार्य ः शिक्षा विकास तथा समन्वय इकाइ, नवलपुरप्राविधिक सहयोग ः विजय विकास स्रोत केन्द्र, गैंडाकोटसमन्वय एवं मिडिया पार्टनर ः विजय एफएम १०१.६ र विजय खबर पत्रिका

Posted by 101.6 Vijaya FM on Monday, September 7, 2020

मंगलबार भएको ५४ आँै विश्व साक्षरता दिवशको अवसरमा आयोजित कोभिड १९ को संकट र तत्पश्चात्को सन्दर्भमा शिक्षण तथा सिकाइमा शिक्षा कर्मीको भूमिका विषयक भर्चुअल संवादमा शिक्षा क्षेत्रका सरोकारवालाहरुले स्थानीय तहले विशेष पहलमा विकल्प सहितको शिक्षण सिकाइ अघि बढाउन जोड दिएका छन् । यस कार्यक्रमलाई शिक्षाका लागि राष्ट्रिय अभियान नवलपुरको आयोजना, शिक्षा विकास तथा समन्वय इकाइ नवलपरासी बर्दघाट सुस्तापूर्वको सहकार्य, विजय विकास स्रोत केन्द्रको प्राविधिक सहयोग एवं विजय एफएम १०१.६ र विजय खबर पत्रिकाको सहजीकरण रहेको छ ।

Share.

Leave A Reply