चितवनमा लागू औषध सहित २ जना पक्राउ

0

प्रतिकात्मक तस्बिर

चितवन, भदौ २२ । चितवनमा लागू औषध सहित २ जना पक्राउ परेका छन् । गएराति बेलुकी करिव ६ बजेको समयमा प्रहरी चौकी भोजाड चितवनबाट खटिएको प्रहरी टोलीले रत्ननगर नगरपालिका वडा नम्वर २ बस्ने २५ वर्षीय किशोर साह र स्याङजा गल्याङ नगरपालिका वडा नं.१ घर भई हाल खैरहनी नगरपालिका वडा नं.१ बस्ने ४२ वर्षीय राजेश बस्याललाई पक्राउ गरेको हो ।

भरतपुर महानगरपालिका वडा नं.११ भोजाड चोक स्थित सडकमा शंकास्पद रुपले हिडडुल गरिरहेका उनीहरुलाई नियन्त्रणमा लिइ शरीरको तलासी लिदा डाइजेपाम ४३ एम्पुल, फेनारगन ३८ एम्पुल, नुफिन ३९ एम्पुल बरामद भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुर्यबहादुर थापाले जानकारी दिनुभयो ।

पक्राउ परेका उनीहरुविरुद्ध लागु औषध कसुरमा चितवन जिल्ला अदालतबाट प्रहरी हिरासतमा राख्न म्याद अनुमति लिई थप अनसुन्धान कार्य भईरहेको थापाले जानकारी दिनुभयो ।

Share.

Leave A Reply