शरीरको प्रतिरोधात्मक क्षमता कसरी बढाउने ?

0

रोग प्रतिरोधात्मक क्षमता (इम्युनिटी पावर) भन्नाले हाम्रो शरीरले विभिन्न रोगसँग लड्ने क्षमता हो । यो क्षमता उत्तम भएकै कारण हामी संक्रमण र रोगहरूबाट जोगिएका हुन्छौँ ।

रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसलाई विभिन्न खालका रोग लाग्ने तथा संक्रमण छिट्टै हुन्छन् । त्यसकारण प्रतिरोधात्मक क्षमता बढाउन खानेकुरामा विशेष ध्यान दिनुपर्छ । कुनैपनि खानेकुराले ग्यारेन्टीका साथ हाम्रो प्रतिरोधात्मक क्षमता त बढाउँदैन तर पोषिलो तथा सन्तुलित खाना नियमित खाँदा र स्वस्थ जीवनशैली अपनाउँदा मद्दत भने पुग्छ ।

सन्तुलित खाना भन्नाले शरीरलाई आवश्यक पर्ने सबै पोषक तŒव मिलाइएको खाना हो ।

हरियो सागसब्जी तथा तरकारी, प्रशस्त प्रोटिन भएका गेडागुडी, कागती, अमला, भोगटे, सुन्तलाजस्ता अमिलो जातका फलफूलले प्रतिरोधात्मक क्षमता बढाउन सघाउँछ । घरमा बसेका बेला भनेर अत्यधिक खानेकुरा भने खानु हुँदैन । सबै खानेकुरा मिलाएर मात्रै खानुपर्छ ।

त्यससँगै मासुहरु राम्ररी पकाएर खानुपर्छ । घरमै भएका सामानको मात्रा मिलाएर समेत खान सकिन्छ । जस्तै ः अदुवा, बेसार, मह, घ्यू, दालचिनीको र मरिचको धूलोलाई तातोपानीमा मिलाएर खाएमा सामान्य समस्याबाट बचिन्छ । ती खानेकुराले रुघाखोकी, कफमा राहत मिल्छ भने जटिल रोग लाग्नबाट बचाउन पनि धेरै पुग्छ ।

रोग प्रतिरोधात्मक क्षमता बढाउन व्यायाम, सरसफाइ, योगले पनि ठूलो भूमिका खेल्छ । यसका साथै आफ्नो तनाव पनि कम गर्नुपर्छ र निद्रा पनि राम्ररी पु¥याउनुपर्छ । धूमपान सेवन तथा रक्सी धेरै पिउनाले प्रतिरोधात्मक क्षमता कम गर्छन् । यसकारण यस्ता हानिकारक वस्तुबाट टाढै रहनुपर्छ ।

Share.

Leave A Reply