कर्मचारीमा संक्रमण देखिएपछि देवचुलीको सिजी फुड्स प्राली बन्द

0


देवचुली, २२ भदौ । नवलपुरको देवचुलीमा रहेको चौधरी उद्योग ग्राम अन्तर्गतग सिजि फुड्स प्रालि भदौ २७ सम्म बन्द हुने भएको छ । सिजि फुड्समा कार्यरत ४ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भए थप सतर्कतका लागि बन्द गरिएको जनाइएको छ । सिजि इन्डष्ट्र्यल पार्क अन्तरगतको सिजि फुडस प्रा. ली बन्द हुने भएको उद्योगका महाप्रबन्धक रामकाजी सिटौलाले बताउनुभयो । सिटौलाद्धारा हस्ताक्षरित विज्ञप्तिमा सिजि फुडस बाहेक सिआईपी भित्र रहेका अन्य उत्पादनहरु भने सन्चालन हुने जनाइएको छ ।

Share.

Leave A Reply