गैंडाकोट १० का १ र देवचुलीका १४ जनामा कोरोनाको संक्रमण पुष्टी

0

२२ भदौ । गैंडाकोट नगरपालिका वडानम्वर १० का एक जना २१ वर्षीय महिलामा कोरोना संक्रमण पुष्टी भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा रहेको कोभिड १९ परीक्षण प्रयोगशालाबाट प्राप्त रिपोर्टमा संक्रमण पुष्टी भएको स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ ।

नगरपालिकाका स्वासथ्य शाखा प्रमुख झलकराज पौडेलले का अनुसार वडानम्वर १० को स्वाव शुक्रवार संकलन गरिएको थियो । ४९ जनाको स्वाव संकलन गरिएको मध्य एक जना महिलामा सक्रमण पुष्टी भएको हो । त्यस्तै गैंडाकोट २ का ५६ वर्षीय महिलामा पनि सक्रमण देखिएको छ ।

भरतपुर अस्पतालमा भएको स्वाव परीक्षणमा सक्रमण पुष्टी भएको जानकारी दिनुभयो । यो सँगै नगरपालिकामा कोरोना सक्रमतिको कुल सख्या १२० पुगेको छ भने ६५ जना निको भई घर फर्किसक्नुभएको छ । संक्रमित १ जनाको मृत्यु भएको छ । त्यस्तै देवचुली नगरपालिकाका १४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

पुष्टी हुनेहरुमा देवचुली २ का ५ पुरुष र १ महिला छन् । देवचुली ९ का १ महिला , १ पुरुष, देवचुली १२ का एक पुरुष, देवचुली १३ का १ पुरुष, १ महिला, देवचुली १४ का एक पुरुष, देवचुली १५ का १ पुरुष र देवचुली १६ का एक पुरुष रहेका छन् । संक्रमण पुष्टी हुनेहरुको उमेर १५ वर्षदेखि ५० वर्ष उमेर समुहका रहेका छन् ।

त्यस्तै हिजो साँझ चितवन मेडिकल कलेजमा भएको कोभिड १९ परीक्षण प्रयोगशालाबाट देवचुली ११ का एक महिलामा संक्रमण पुष्टी भएको थियो ।

Share.

Leave A Reply