संक्रमितहरुको हौसला वढाउन राष्ट्रिय युवा संघ नेपाल रजहरमा

0

गैंडाकोट, २१ भदौ । राष्ट्रिय युवा संघ नेपाल नवलपुरले नेपालकै उत्कृष्ट आइसोलेसन केन्द्र प्राकृतिक चिकित्सालय रजहरलाई मास्क तथा फलफुल सहयोग गरेको छ । आइसोलेसनमा स्वास्थ्य लाभ गरिरहनुभएका संक्रमितहरुको मनोवल वढाउदै भेटघाट गरि सद्भाव वढाएको कार्यक्रम जिल्ला सम्योजक कृष्ण कंडेलले जानकारी दिनुभयो । कार्यक्रममा नेकपा नवलपुरका नेता ज्ञानहरि पौडेल ,सुर्य न्यौपाने,हेमराज दाहाल, गिरिराज उपाध्याय ,राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्यहरु  बबुराम पाण्डे,पवन जिसि,मदन गिरि,जनप्रतिनिधि राम थापा,भिमलाल तिवारी लगायत कार्यकर्ताहरुको सहभागीता रहेको कार्यक्रम संचालक वसन्त भुजेलले जानकारी दिनुभयो ।

Share.

Leave A Reply