जयश्री खोलाको अस्थायी झरनामा रमाउनेहरुलाई प्रहरीले नियन्त्रणमा लिने

0

डोलराज रानाभाट, २१ भदौ । गैंडाकोटमा मास्क नलगाउने र सामाजिक दुरी कायम नगर्नेहरु विस्तारै बढ्दै गएका छन् । नगरपालिकामा समुदायका व्यक्तिहरुमा कोरोनाको संक्रमण वढिरहेदा छिमेकीहरुसँग वसेर कुराकानी गर्दा वा नजिकको पसलमा जाँदा पनि मास्क नलगाउनेहरु वढिरहेका हुन्।

त्यस्तै साथीसाथीवीचको भेटमा पनि मास्क नलगाई कुराकानी गर्ने र दुरी कायम नगर्ने बढेका छन् । विश्व स्वास्थ्य संगठनले पटक पटक दिने निर्देशनमा सामाजिक दुरीका साथै मास्क अनिवार्य लगाउन भनेपनि जिल्लामै सवैभन्दा धेरै ११८ संक्रमित देखिएको नगरपासिलकामा उक्त नियमहरुको उल्लघंन वढ्दै गएको छ ।

नगरपालिकाले आज सम्म उपलब्ध गराएको तथ्याङ्कमा समुदायका मात्रै ६० जनामा संक्रमण पुष्टी भइसकेको छ । तर नगरवासीमा भने संक्रमणबाट जोखिने प्रमुख नियमहरु उल्लघंन गर्न आतुर भएको देखिन्छ । त्यस्तै केही दिनदेखि करङघारीमा रहेको जयश्री खोलामा पौडी खेल्ने र फोटो खिच्नेहरुको भीड नै लागिरहदा पनि नगरपालिकाको रोक लगाउन सकिरहेको छैन । विभिन्न क्षेत्रमा कार्यरत व्यक्तिहरुको दैनिकजसो भीड वढ्ने गरेको भन्दै स्थानीयले सक्रमण फैलन सक्नेतर्फ वेलैमा सोच्न जरुरी रहेको बताएका छन् । नगरभित्र पीसीआर परीक्षणको दायरा बढेपनि सतर्कतामा कमी हुँदा संक्रमित वढ्न सक्ने खतरा उच्च छ ।

सिँचाई पानी ल्याउन वाँधिएको वाधबाट झरेको पानीमा रमाउने र पौडी खेल्न भीड लागेपनि अझै निन्यत्रण हुन सकेको छैन । नगरप्रमुख छत्रराज पौडेलले फोहोर पानीमा त्यसरी जानुनै गलत भएको भन्दै स्वास्थ्यमा ध्यान दिन आग्रह गर्नुभयो । यता इलाका प्रहरी कार्यालय गैडाकोटका प्रमुख चन्द्रवहादुर थापाले नगरवासी आफैले वुझ्नुपर्ने विषय भएको बताउनुभयो ।

तर पनि गुनासो वढेपछि प्रहरीले निगरानी वढाएको र अहिलेलाई सम्झाएर छाड्ने गरेको जानकारी दिनुभयो । अहिले जिल्ला प्रशासनबाट नै भीडभाड नगर्न आदेश जारी रहेको र सम्झाउँदा पनि नटेर्नेहरुलाई सक्रामक रोग ऐन २०२० वमोजिम करवाही गर्ने आफूहरुको तयारी रहेको बताउनुभयो । आफूहरुले निगरानी निरन्तर जारी राखेको भन्दै नियन्त्रणमा लिन सक्ने अवस्था सृजना नगर्न सवैमा आग्रह गर्दै भीड हुने कुनैपनि गतविधिमा सलग्न नहुने आग्रह गर्नुभयो ।

नगरस्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले नगरपालिका आउनेले पनि मास्क लगाउन छाडेको भन्दै आफूहरुले सम्झाउदै मास्क लगाउन भनेको बताउनुभयो । साथै गैंडाकोटका समुदायमा सक्रमणको डर अझै नहटेको भन्दै अटेर नगर्न सवैलाई आग्रह गर्नुभयो । कन्टायक्ट ट्रेसिङमा आएका र लक्षण देखिएकाहरुको मात्रै पीसीआर परीक्षण गर्दै आएको भन्दै संक्रमणप्रति हेलचेक्रायाई नगर्न सुझाव दिनुभयो ।

Share.

Leave A Reply