नवलपुर जिल्लामा महिला सीडीओको आगमन

0

डोलराज रानाभाट, गैंडाकोट, २१ भदौ । नवलपुर जिल्लामा पहिलो पटक महिला प्रमुख जिल्ला अधिकारी (सीडीओ ) को आगमन भएको छ । यसै जिल्लामा जन्मनु भएकी मनमाया पंगेनी आजै नवलपुर आउनुभएको हो ।

पत्र लिएर आउँदै गर्दा जिल्लाकै एक मात्र उत्कृष्ट अस्थायी कोभिड १९ अस्पताल प्राकृतिक चिकित्सालय रहजरमा उपचाररत व्यक्तिहरुलाई शुभकामना सन्देश दिँदै मन ठूलो बनाउन आग्रह गर्नुभयो । मन ठूलो बनाए मात्रै रोगलाई जित्न सकिने भन्दै सवैले चाँडै संक्रमण मुक्त हुन शुभकामना दिनुभयो । सीडीओको कार्यभार सम्हालन वाँकी छदै आफू आइसोलेसन केन्द्रमा आएको र कार्यभार सम्हालेछि थप औपचारिक धारणाहरु सार्वजनिक गर्ने बताउनुभयो ।

चिकित्सालयका निर्देशक डा विनोद पौडेल, व्यवस्थापक हरि सापकोटा सहितले नयाँ सीडीओ पंगेनीलाई स्वागत गर्नुभएको थियो । गृह मन्त्रालयमा सहसचिव पदमा कार्यरत पङ्गेनीलाई प्रमुख जिल्ला अधिकारीमा नवलपुर पठाइएको हो । यहाँ कार्यरत पीताम्बर घिमिरेलाई रुपन्देही सरुवा गरिएको छ ।

 

आगमन र सरुवा

उहाँलाई आजै कार्यालयमा औपचारिक विदाई गरिएको छ । कर्मचारी मिलन केन्द्रको आयोजनामा छोटो विदाई कार्यक्रम सम्पन्न भएको हो । रुपन्देहीका सीडीओ सहसचिव महादेव पन्थको प्रदेश नं. ५ को सामाजिक विकास मन्त्रालयमा सरुवा भएसँगै उक्त पद रिक्त रहेको थियो ।

Share.

Leave A Reply