फजुल खर्चलाई सामाजिक कार्यमा लगाउने लायन्स क्लव अफ चितवन चौतारीको अभियान

0

डोलराज रानाभाट, भदौ २१ । लामो समयको जिल्ला निषेधाज्ञा र कोरोना भाइरस संक्रमणका डरले दैनिक काम र वास गुमाएका व्यक्तिहरुलाई खाना खुवाउदै आएको बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रलाई लायन्स क्लव अफ चितवन चौतारीले खाद्यन्न सहयोग गरेको छ ।

क्ल्वका विभिन्न पदाधिकारी सदस्यहरुको जन्मदिन परेको अवसर पारी फजुल खर्च हुन नदिएर ‘गर्न सक्नेले नसक्नेलाई सहयोग गर्ने’ सिद्धान्त अनुसार धेरै ठाउँमा सहयोग गर्दै आइरहेको अध्यक्ष डा गंगा सापकोटाले बताउनुभयो । बेवारिस व्ययवस्थापन तथा पुनर्जीवन केन्द्रले विगत १७ दिनदेखि सडकमा रहेका मानिसहरुलाई खाना खुवाइरहेको थाहा पाएपछि क्लवले खाद्यन्न सहयोग गरेको सापकोटाले बताउनुभयो । आज क्लवका संस्थापक अध्यक्ष भक्ति प्रसाद चालिसेको जन्मदिनको अवसर पारी सहयोग गरेको क्वलका पुर्व अध्यक्ष पूर्ण प्रसाद शर्माले जानकारी दिनुभयो ।

जन्मदिनमा फजुल खर्च गर्ने प्रवृत्ति वढिरहदा त्यसलाई सामाजिक कार्यमा लगाउने सन्देश र  अर्को आफूलाई सहयोग गर्दा खुशी लाग्ने भएकाले पनि यसरी सहयोग गर्न आएको चालिसेले बताउनुभयो । अहिलेको संकटमा गरिव विपन्न वर्गहरु धेरै नै समस्यामा परेको र सडकमा हुनेहरुले खाना समेत नपाएको समयमा हामीले सहयोग गर्नुपर्छ भन्ने भावनाले जन्मदिन सडकमा रहेका मानिसहरुको मन र दिलसँग साटसाट गरी मनाएको चालिसेको भनाई छ ।

विगत १७ दिनदेखि सडकमा अलपत्र मानिसहरुलाई नारायणी नदी किनारमा एक छाक खाना खुवाउदै आएको बताउदै पुनर्जीवन चितवकी संयोजक सिता कुँवरले भरतपुर महानगरपालिकाकाले हतारमा सहयोगापेक्षी सडक मानवमुक्त महानगर घोषणा कार्यक्रम गरेको बताउनुभयो । जव संकट पर्छ त्यतिवेला सरकारको उपस्थिती हुनुपर्नेमा १७ दिनसम्म खाना खुवाउँदा पनि सरकारी तवरबाट सहयोग नमिलेको बताउनुभयो । जन्मदिनको अवसर पारी खाद्यन्न सहयोग गर्ने सवैमा धन्यवाद दिँदै उहाँले अहिलेसम्म सहयोग गर्ने सवैमा आभार व्यक्त गर्नुभयो ।

 

Share.

Leave A Reply