आज देशभर ९ सय ८० जना संक्रमित थप, ९ जनाको मृत्यु

0

 


गैँडाकोट, २१ भदौ । नेपालमा आज ९८० जना थप कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

 

गत २४ घण्टाभित्र कोभिड १९ का कारण ९ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालायले जनाएको छ ।

यस मध्ये पूर्वी नवलपरासीमा आज १२ जना नयाँ संक्रमित थपिएका छन् ।

अब नेपालमा सङ्क्रमित व्यक्तिहरूको कुल सङ्ख्या ४६,२५७ पुगेको छ । गत २४ घण्टामा १ हजार ८ सय १४ जना यस संक्रमणबाट निको भइ घर फर्किएका छन् ।

हाल देशभरि आइसीयूमा १७४ र भेन्टिलेटरमा २७ जना रहेका छन् ।

Share.

Leave A Reply