भरतपुर १५ चितवनका एक कोरोना संक्रमितको मृत्यु

0

चितवन, भदौ २१ । चितवनका एक कोरोना संक्रमितको आज मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा गत भदौ १२ गते भर्ना भई उपचार गराइरहनुभएका भरतपुर महानगरपालिका १५ का ७० वर्षीय पुरुषको आज विहान ८ बजेर ३ मिनेटमा मृत्यु भएको अस्पतालका निर्देशक डा दयाराम लम्सालले जानकारी दिनुभयो । छातिमा समस्या भई अस्पताल आउनुभएको उहाँमा भदौ १३ गते कोरोना पोजेटिभ देखिएको थियो । अवस्थ गम्भीर भएपछि सघन उपचार कक्षमा भेन्टिलेटरको सहायताले उपचार जारी थियो । यस सँगै चितवनमा २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । जसमध्य चितवनका १२, मकवानपुरका ५, नवलपुरका २, बारा, गोरखा र कैलालीका १÷१ जनाको मृत्यु भएको छ ।

आजै थपिए ३०

यसैविच चितवनमा आज मात्रै थप ३० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशालामा हिजो साँझपख सार्वजनिक रिपोर्ट प्रतिवेदन अनुसार भरतपुर महानगरपालिकाका १८ पुरुष र ११ महिला गरी २९ जना र राप्ती नगरपालिकाका १ जना पुरुष गरी ३० जनामा संक्रमण पुष्टी भएको प्रयोगशालाले जनाएको छ ।

Share.

Leave A Reply