निशेधाज्ञा नै कोरोना रोकथामको मूख्य आधार हो त ?

0

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड १९ बाट बच्न सकिने मुख्य आधार नै निषेधाज्ञा हो भन्ने प्रचार विश्वभरी नै गरिँदै  आएको छ र धेरै देशहरुले सुरुका तीन  महिना पूर्ण रूपमा lockdown  नै गरे तर अहिले अधिकांश देशहरुले lockdown हटाएर अन्य सुरक्षाको उपाय अपनाpg]] प्रयास गर्दै दैनिक सहज बनाउँदै छन् तर हाम्रो देश नेपालमा भने अझै कडा रुपमा निषेधाज्ञा गरिँदै छ यसबाट हुँदा खानेलाई त केहि फरक नपर्ला तर दैनिक गरेर  खानेहरुलाई का लागि यो निषेधाज्ञा अभिशाप सिद्ध हुँदै गएको छ मानिसको मृत्यु कोरनाबाट मात्रै हुन्छ भन्ने प्रचार गरिएको छ अरु विविध कारण बाट पनि मानिसको मृत्यु हुने गर्दछ त्यसप्रति त्यति सजग  भएको पाइँदैन ।त्यसकारण आज मुख्य समाचार नै कोरोनाबाट मात्र मानिसको मृत्यु हुन्छ भने जुन प्रचार फैल्याइएको छ त्यसले गर्दा मानिसमा सन्त्रास फैलिएको छ ।  हो अहिलेको एक्काइसौँ शताब्दीमा बिज्ञान-प्रबिधि मान्दिन भन्नु गलत हुनसक्छ तर सबै कुरा विज्ञान र प्रविधिले मात्र पनि सम्भव भएको देखिँदैन नि? त्यसैले सबै कुरामा उसैको शरणमा पर्नु पर्छ भन्ने चाहिँ होइन?

आफ्नो देशको अबस्था प्राकृतिक वातावरण जस्ता पक्ष मा राज्यले अरूको निर्भरतामा भन्दा आफ्नो स्थानीय श्रोत र साधनबाट नेपाली जनताको रक्षा गर्न तर्फ केन्द्रित हुनुपर्दछ जुन पटक्कै भएको देखिँदैन ।अझै पनि राज्यको राष्ट्रिय समचार मा स्थानीय श्रोत र साधनबाट कोरोना  नियन्त्रणका उपायको बारेमा समाचार बन्न सकेको छैन र त्यसलाई विश्वास गर्ने तथा आधारहरु राज्यबाट प्रकाशित हुन सकिरहेको छैन यो निकै दुःखद कुरा हो ।स्वास्थ्य मन्त्रालयको दैनिक पत्रकार सम्मेलनमा बढी जनतालाई त्रसीत हुने खालका अभिव्यक्तिहरू आइरहेका छन् । हुन त जनताहरुले पनि सुरक्षाका उपाय अपनाउन मा निकै हेलचेक्राई गरेको देखिन्छ। त्यसलाई नियन्त्रण गर्न स्थानीय व्यक्तिहरूलाई जबसम्म अधिकार सम्प्रेषण गर्न सकिँदैन तबसम्म हेलचेक्राइ नियन्त्रण गर्न कठिनाई नै हुन्छ।

जनताका लागि जबसम्म खान र बस्नको लागि उचित व्यवस्था गर्न सकिँदैन निषेधाज्ञा बाट मात्रै समाधान निस्किन्छ भन्नु कोठाभित्र बिरालोलाई थुनेर कुट्न खोज्नु जस्तै हो त्यसैले समाधानका का लागि निषेधाज्ञा लाई भन्दा सुरक्षाका उपायहरु अपनाएर दैनिकी सहज बनाउनु तर्फ लाग्ने हो कि ? समचारहरु यस्ता बनोस जसले जनतालाई त्रसित बनाउनुभन्दा सुरक्षित उपाय अपनाउँदै दैनिकी तर्फ फर्कन केन्द्रित गर्नु पर्ने खालका आउनु पर्दछ। आज प्राकृतिक चिकित्सा विज्ञानले नेपालको सन्दर्भमा कोरोना कुनै ठूलो रोग होइन यो हाम्रो स्थानीय जरिबुटि बाटै समाधान गर्न सकिन्छ भन्ने तर्कलाई घमण्डका साथ स्पष्ट खाका निर्धारण गर्दा पनि उक्त प्रति राज्यको मौनता देखिएको छ  केवल महंगा सामग्रीहरू खरिद गरेर देशलाई आर्थिक भारमा धकेल्न तर्फ केन्द्रित हुँदै कोरोनाको नाममा भष्टचार मौलाएको छ तर भौतिकवादी सिद्धान्त मात्र एक समाधानको उपाय मान्ने सरकार भएर होला यस प्रति विश्वास गर्न सकिरहेको छैन ।

 

विश्व स्वास्थ्य संगठन देश पनि भगवान नै होइन उसले गरेका सबै कुरा ,सबै ठाउँ , सबै देशमा र सबैको परिवेशमा मील्छ नै भन्नु गलत हुनसक्छ तर यसो भन्दैगर्दा डब्लुएचओले गरेका सबै काम राम्रो छैन भन्नु चाहिं मुर्खता हुनसक्छ । कोरोना को सन्दर्भमा  दिनप्रतिदिन आफ्ना केही न केही तर्कहरु जसरी फेर्दै आइरहेको छ समय परिवेश अनुसार उसले यथार्थ विश्लेषण दिन नसकी सन्दर्भ  जसरी फेरिरहेको छ यसबाट पनि विश्व को  सबैभन्दा ठूलो संस्था प्रति गम्भीर प्रश्न उठेको छ? दूरी कायम गर्ने ,माक्सको प्रयोग गर्ने सेनिटाइजर जस्ता कुरा अति महत्व का साथ विश्व स्वास्थ्य संगठन  ले प्रयोग गर्ने भनेको छ यसबाट पनि सर्दैन भन्ने कुनै आधिकारिक प्रमाण भेट्नकेको छैन। स्थानीय रुपमा रहेका असुरो, निमपत्ताको पातको रस खरानी पानी जस्ता ayurvedic औषधिहरूबाट सरसफाइ गर्न सकिन्छ भन्नेकुरामा डब्लूएचओमौन देखिन्छ?

corona एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने तरिका व्यक्तिपिच्छे फरक फरक नतिजा आउने  गर्दा पूर्ण रुपमा कसरी सर्छ भन्ने कुरा WHO अझै आधिकारिक प्रमाण पनि फेला नसक्नु  ,  एउटै घरमा एउटै  परिवारमा सँगै बसेका एउटा व्यक्तिलाई corona हुने अर्को व्यक्तिलाई  नहुने ले गर्दा खेरी पनि सामाजिक दूरी र माक्स  प्रति पूर्णता विश्वास गर्न सक्ने आधारहरु तय हुन  नसकेको हो कि जस्तो देखिन्छ। हाम्रो जस्तो देशमा महामारी फैलिए पनि सम्हाल्न गाह्रो छ तर 21औं शताब्दीमा यहाँ रहेका हरेक प्रकारका विज्ञहरुबाट उचित सल्लाह लिएर राज्यकै स्रोत र साधनबाट उपचार गर्न सरकारले चासो देखाउन सकेमा निषेधाज्ञा मात्र रोग नियन्त्रण को एकमात्र उपाय को आधार नहुन सक्छ की ?

Share.

Leave A Reply