भरतपुर अस्पतालका मेसु तिवारी कोरोना मुक्त

0

चितवन, भदौ १९ । भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरीटेण्डेन डा श्रीराम तिवारी कोरोनामुक्त हुनुभएको छ । अस्पतालका सुचना अधिकारी लिलाधर पौडेलका अनुसार आज विहान लिएको स्वाव परीक्षणबाट प्राप्त रिपोर्ट नेगेटिभ सँगै कोरोना मुक्त हुनुभएको हो ।

साउन ३२ गते उहाँमा कोरोना पुष्टि भएको थियो । उहाँले कोरोना संक्रमित भएपछिको केही दिनमा नै आइसोलेसनबाट अस्पतालको प्रशासनिक कामलाई निरन्तरता दिनुभएको थियो ।

कोरोनाबाट मुक्त भएपछि डा तिवारीले स्वास्थ्य लाभको कामना गर्नेहरु सवैमा धन्यवाद दिँदै आफू स्वयम आइसोलेसनको वास्तविकता भोगेका कारण अझै थप शसक्त रुपमा कोरोनाको लडाइमा सक्रिय हुने बताउनुभयो । कोरोना संक्रमण भएका व्यक्तिहरुलाई हतोत्साही नगराउन आग्रह सहित मनोवल उच्च बनाउन समुदायले सहयोग गर्नुपर्ने बताउनुभयो ।

Share.

Leave A Reply