सर्वाधिक संक्रमण आजकै, गत २४ घण्टामा १३ सय ५९ जना संक्रमित, १४ जनाको मृत्यु

0

गैँडाकोट, १९ भदौ । विगत २४ घण्टामा नेपालमा थप १३५९ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ । यो वृद्धिसँगै संक्रमित व्यक्तिहरूको कुल संख्या ४४२३६ पुगेको छ।
अहिलेसम्म २५ हजार ५ सय ६१ जना संक्रमित निको भइसकेका छन् । आज मात्रै १४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
शुक्रबार आयोजित दैनिक प्रेस ब्रीफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिले देशभरि १८ हजार ४ सय ४ जना सक्रिय संक्रमित भएको बताउनुभयो ।
तीमध्ये ७,४६२ जना घरमै र १०,९४२ जना संस्थागत आइसोलेशनमा छन् ।

Share.

Leave A Reply