समुदायमा संक्रमण रोक्न गैंडाकोट ७ को जयश्री मार्ग सिल

0

गैंडाकोट, भदौ १९ । गैंडाकोट नगरपालिका वडानम्वर ७ का स्थानीय एक पुरुषमा कोभिड १९ को सक्रमण पुष्टी पछि जयश्री मार्ग सिल गरिएको छ । करिब २ सय मिटर लम्बाइ सिल गरिएको छ । वर्ष ६० वर्षीय स्थानीय पुरुषमा संक्रमण देखिएपछि कन्टयाक्ट ट्रेसिङमा थप सहज हुने गरी टोलविकास संस्थाको सहकार्यमा मार्ग सिल गरिएको कार्यवाहक वडाअध्यक्ष इश्वरी प्रसाद चापागाईले जानकारी दिनुभयो । चापागाईका अनुसार उहाँमा कहाँबाट कोभिड १९ को संक्रमण पुष्टी भयो भन्ने अहिलेसम्म पत्ता नलागेका कारण सिल गर्नुपरेको बताउनुभयो । पिपलटार टोलविकासमा पर्ने उक्त मार्ग हुँदै कोही व्यक्ति आउन जान नपाउने तर अत्यावश्यकका लागि भने सेवा दिने व्यवथा मिलाइएको चापागाईको भनाई छ ।

 

Share.

Leave A Reply