कर्मचारीमा संक्रमण देखिएपछि देवचुली नगरपालिकाको सेवा बन्द

0

गैंडाकोट, १९ भदौ । देवचुली नगरपालिका कार्यालयका हलुका सवारी चालकमा संक्रमण देखिएपछि कार्यालयले दिने सेवा बन्द गरिएको छ । संक्रमित चालकको सबै कर्मचारीसंग सम्पर्क रहेको हुँदा थप संक्रमण फैलिन नदिन सेवा बन्द गर्नुपरेको जनाइएको छ ।

भदौ २५ गते विहिबारसम्मका लागि कार्यालय र कार्यालय रहेको भवन भित्र रहेका वडा कार्यालयको सेवा बन्द गरिएको हो । जसमध्ये स्वास्थ्य सेवा र सरसफाइ सेवा सञ्चालनमा रहने प्रमुख प्रशासकिय अधिकृत गोविन्द सिग्देलद्धारा जारी गरिएको सूचनामा जनाइएको छ ।

भवन भन्दा बाहिर रहेका वडा कार्यालयहरुबाट दिने सेवा भने बन्द नहुने जनाइएको छ ।  देवचुली नगरपालिकामा संक्रमितको संख्या ५६ पुगेको छ । देवचुलीमा एक साता यता संक्रमणको दर बढ्दै गएको छ ।

Share.

Leave A Reply