गैँडाकोटमा आज थप ३ जनामा कोरोना संक्रमण पुष्टी

0

पवित्रा पराजुली
भदौ १८, गैंडाकोट । गैँडाकोटमा आज थप ३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । चितवन मेडिकल कलेज, चितवनमा गरिएको परिक्षणमा गैँडाकोट ५ का २८ बर्षीय पुरुष, ७ का ६० बर्षीय पुरुष र ९ का ६६ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।
गैँडाकोट स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलका अनुसार गैँडाकोट ९ का पुरुष चितवन अस्पतालमा नै रहनुभएको छ भने ५ का संक्रमतिलाई रजहर आईसोलेसनमा लाने तयारी भईरहेको छ । गैँटाकोट ७ का संक्रमीतमा भने छातीको समस्या देखिएकाले उहाँलाई के गर्ने भन्ने बिषयमा छलफल भईरहेको छ ।
यो सगैँ गैँडाकोटमा संक्रमितको संख्या ९९ पुगेको छ भने गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २३११ पुगेको छ ।

Share.

Leave A Reply